Logo

२०८३, कार्तिक २७गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्पले नियुक्त गरे ग्रीनल्याण्डको राजदुत : क्षेत्रीय अखण्डताको सम्मान गर्न डेनमार्कको आग्रह

ट्रम्पले नियुक्त गरे ग्रीनल्याण्डको राजदुत : क्षेत्रीय अखण्डताको सम्मान गर्न डेनमार्कको आग्रह

images
  • ट्रम्पले नियुक्त गरे ग्रीनल्याण्डको राजदुत : क्षेत्रीय अखण्डताको सम्मान गर्न डेनमार्कको आग्रह
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको लागि अमेरिकी विशेष दूतको रूपमा लुइसियानाका गभर्नरलाई नियुक्त गर्ने घोषणा गरेका छन् ।

    images
    images
    images

    डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुमा ग्रीनल्याण्डलाई विलय गर्न आह्वान गरेका थिए । ग्रीनल्याण्ड हाल डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र हो । खनिजले भरिपूर्ण ग्रीनल्याण्ड पनि रणनीतिक रूपमा महत्त्वपूर्ण छ । गत मार्चमा, उपराष्ट्रपति जेडी भान्सले ग्रीनल्याण्डमा रहेको अमेरिकी सैन्य अड्डा भ्रमण गरे र डेनमार्कलाई आफ्नो स्थितिलाई बेवास्ता गरेको आरोप लगाएका थिए ।

    images
    images
    images

    यसैबीच, अगस्टमा, डेनिश सरकारले अमेरिकी राजदूतलाई बोलाएर अमेरिकी राष्ट्रपति ट्रम्पसँग सम्बन्धित तीन व्यक्तिहरूलाई ग्रीनल्याण्डमा गोप्य अपरेशनहरू सञ्चालन गरेको आरोप लगाएको थियो । आइतबार, ट्रम्पले लुइसियानाका गभर्नर जेफ ल्यान्ड्रीलाई ग्रीनल्याण्डको लागि विशेष दूतको रूपमा नियुक्त गर्ने घोषणा गरेपछि यो विषय फेरी चर्चामा आएको छ । 

    images
    images

    यस विषयमा डेनमार्कले अमेरिकासहित सबैले डेनमार्कको क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने बताएका छन् । 

    डेनिस विदेशमन्त्री लार्स लोक्के रासमुसेनले भनेका छन्- 'यो नियुक्तिले ग्रीनल्याण्डमा अमेरिकी चासोको निरन्तरता पुष्टि गर्दछ। यद्यपि, हामी जोड दिन्छौं कि अमेरिका सहित सबै देशहरूले डेनमार्कको क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्छ ।'

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।