काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को छनोटका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
आइतबार क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समावेश गर्दै बन्द प्रशिक्षणका लागि प्रारम्भिक खेलाडीलाई बोलाएको हो । क्यानले एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल, विनोद भण्डारी, इसान पाण्डे, रुपेश सिंह, अविनास बोहोरालगायतलाई समेटेको छ ।
टिममा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल आलम, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, बिनोद भण्डारी, अविनाश बोहोरा, प्रतिश जिसी र रुपेश सिंह रहेका छन् ।
आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । विश्वकपका लागि तयारी क्याम्प सोमबारदेखि सुरु हुने क्यानले जनाएको छ ।
नेपालको समूह बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology