Logo

२०८३, कार्तिक २७गते


images
images

विश्व ध्यान दिवस

विश्व ध्यान दिवस : देवदहको केरवानी माविमा योग तथा ध्यान साधना

विश्व ध्यान दिवस : देवदहको केरवानी माविमा योग तथा ध्यान साधना

images
  • विश्व ध्यान दिवस : देवदहको केरवानी माविमा योग तथा ध्यान साधना
    images

    देवदह । केरवानी माध्यमिक विद्यालय  देवदह-५ मा ध्यान/योग कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई विश्व ध्यान दिवस २०२५ को अवसरमा ध्यान/योग गराइएको हो ।  

    images
    images
    images

    शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय, शिक्षा तथा मानव‌स्रोत विकास केन्द्र सानोठिमी भक्तपुर नेपालको मिति २०८२ पौष ३ गतेको परिपत्र अनुसार 'विश्व शान्ति र सद्‌भावका  लागि ध्यान' भन्ने आदर्श वाक्यसहित कार्यक्रम गरिएको  विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी खेमानन्द ज्ञवालीले जानकारी दिए । 

    images
    images
    images

    सोहि अवसरमा कक्षा ११ र १२ का २०० जना विद्यार्थीहरुलाई लोक्रेश्वर शिव मन्दिरको हलमा बिहान ८ बजेदेखी  ९ बजेसम्म ध्यानयोग जीवन विज्ञानका लुम्बिनी प्रदेश पूर्व संयोजक हरि पोखरेल, प्रशिक्षकहरु नमकान्त पाण्डेय र कृष्ण प्रसाद ‌ज्ञवालीले योग अभ्यास गराएका थिए ।

    images
    images

    त्यसैगरि कक्षा १ देखी १० सम्म  अध्ययन गर्ने विद्यार्थीहरुलाई बिहान प्रार्थनाको समयमा जीवन विज्ञानका प्रशिक्षक कृष्ण प्रसाद ज्ञवालीले ध्यान योगसहित विभिन्न शारीरिक  क्रियाकलापहरु गराएको विद्यालयका सहायक प्रधानाध्यापक एवम् सूचना अधिकारी खेमानन्द ज्ञवालीले जानकारी दिए । ।

    कार्यक्रममा देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र पाण्डे, विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगाना, लगायत विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व ध्यान दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।