Logo

२०८३, श्रावण २७गते


images
images

न्यु नमुनामा फुड फेस्टिवल, एकदिनमै विद्यार्थीले कमाए ६१ हजार

न्यु नमुनामा फुड फेस्टिवल, एकदिनमै विद्यार्थीले कमाए ६१ हजार

images
  • न्यु नमुनामा फुड फेस्टिवल, एकदिनमै विद्यार्थीले कमाए ६१ हजार
    images
    images

    देवदह । पुषको महिना । टाढा-टाढासम्म पनि घामका किरण देखिदैनन् । धर्तीलाई कुहिरोले गर्लम्म अङ्गालो हालेको छ । यही ठण्डीलाई चुनौती दिंदै स्कुले बालबालिकाहरु खाना बनाइरहेका छन् । तर यो कुनै बनभोजको दृश्य भने होइन । 

    images
    images
    images

    यो दृश्य हो - देवदह-९ भलुहीस्थित न्यु नमुना इलिङ्ग बोर्डिंङ्ग स्कुलमा आयोजित फुड फेस्टिवलको । विद्यालयले विद्यार्थीहरुलाई उद्यमसंग जोड्दै व्यवहारिक सिपको विकास गर्ने अभिप्रायले सहजीकरण गरेको फुड फेस्टिवलमा विद्यार्थीले खाना विभिन्न परिकार बनाएर विक्री गरे । 

    images
    images
    images

    कक्षा ६ देखि १० सम्मका विद्यार्थीका विभिन्न समुहले खाना विक्री गरेर एकैदिन ६१ हजार ८४० रुपैयाँ बराबरको खाना विक्री गरेको विद्यालयका प्राचार्य चुडाबहादुर थापाले जानकारी दिए । जसमा कक्षा ६ ले सात हजार ६००, कक्षा ७ 'फेवा'ले सात हजार ५००, कक्षा ७ 'रारा'ले १० हजार २३०, कक्षा ८ 'फिस्टेल'ले पाँच हजार ८००, कक्षा ८ 'धौलागिरी'ले पाँच हजार ८२०, कक्षा ९ ले नौ हजार ९०५ र कक्षा १० ले १४ हजार ९८५ रुपैयाँको खाना विक्री गरेको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    फेस्टिवलमा सबै कक्षा र समूहले फरक फरक मेनु तयार गरेका थिए । जसमा कक्षा १० ले स्यान्ड्विच र रसवरी, कक्षा ९ ले रसकेट र चिकन/भेज भुजिया, कक्षा ८ ले चिया, आलु चप, छोले भटोरे तथा सेलरोटी, अचार, ससेज, कक्षा ७ राराले चिकन मो:मो, कक्षा ७ फेवाले बटुक र चुकौनी र कक्षा ६ ले चिकन ललिपप तयार गरेका थिए । 

    त्यसैगरी कक्षा ५ सम्म अध्ययन गर्ने १०२ जना विद्यार्थीहरुले 'मि एज माइ ड्रिम प्रोजेक्ट' भन्ने विषयमा आफ्नो प्रस्तुति दिएका थिए । ८ वटा समुहमा रहेका विद्यार्थीहरुले डाक्टर, पाइलट, एयर होस्टेज, नर्स, वकिल, नेता, पुलिस, आर्मी, इन्जिनियर, शिक्षक, खेलाडी, किसान, सेफ, गायक लगायत बन्ने लक्ष्यसहित आ-आफ्नो प्रस्तुती दिएको विद्यालयले जनाएको छ । 

    फुड फेस्टिवल 1.jpeg

    प्रतियोगितामा रिजन पुन प्रथम, आदित्य नेपाल द्धितिय, जेसिका पुर्जा तृतिय, स्यालिन थापा चौंथो र अनुजा खत्री पाँचौ भए । प्रस्तुति दिएका विद्यार्थीहरुमा बेस्ट ड्रेस आरुस बाबू अधिकारी, बेस्ट पर्फमेन्स अन्किता जिसी, बेस्ट मेक अप रितिसा थापा र अनुशासनतर्फ सिमसन पुन छनौट भए ।  

    प्रतियोगिताको निर्णायक जनप्रिय माविका शिक्षक श्याम थापा, कोलिय इङ्लिस बोर्डिङ स्कुल शिक्षक पार्वती थापा र संचारकर्मी पार्वती न्यौपाने रहेका थिए । 
     
    विद्यालयका अध्यक्ष केशव भटराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सल्लाहकार बाबुराम पोखरेल, वडा अध्यक्ष मोहन बहादुर जिसी लगायतले बोलेका थिए । कार्यक्रम प्राचार्य चुरा बहादुर थापाको स्वागत तथा शिक्षक कृष्णप्रसाद पन्थी र मेलिना रेश्मीको संचालनमा सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुड फेस्टिवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।