देवदह । रुपन्देहीको देवदह भलुहीमा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको बिहिबार सम्पन्न खेलमा तिलोत्तमा ११ निलो विजयी भएको छ । योङ्ग ब्वाइजलाई २-० गोल अन्तरले पराजित गर्दै तिलोत्तमा विजयी भएको हो ।
खेलमा तिलोत्तमाका अरुण चौधरीले ५० औँ मिनेटमा र बलिराम न्यौपानेले ६० औँ मिनेटमा गोल गरे । खेलको म्यान अफ दी म्याच अरुण सुरुवाती गोल गरेका अरुण चौधरी भए ।
प्रथम ११ ए साईड नकआउट फुटबल प्रतियोगिता उपभोक्ता समूह र संघार समूह भलुहीको संयुक्त आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार आयोजक संघार समुह र जेन जेड ११ तिलोत्तमा बिच खेल हुने समूहका अध्यक्ष पुकार केसीले जानकारी दिए ।
१३ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा विजेताले १ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तथा उप- विजेताले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका म्यान अफ दि म्याचलाई देवदह आर्चरी बाट खेल भौचर तथा आयोजकको तर्फबाट नगद एक हजार प्रदान गरिने जनाईएको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई लाई जनही नगद ३ हजार पाँच सय र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology