Logo

२०८३, आश्विन १०गते


images
images

हुम्लामा हिमपात हजारौं पशु जाेखिममा 

हुम्लामा हिमपात हजारौं पशु जाेखिममा 

images
  • सेतोमसी सहकर्मी
  • हुम्लामा हिमपात हजारौं पशु जाेखिममा 
    images
    images

    काठमाडौं । भारी हिमपातका कारण नाम्खा गाउँपालिकासहित हुम्लाका उच्च हिमाली बस्तीका झन्डै ५ हजार पशुचौपाया जोखिममा परेका छन्। नाम्खाको लिमीमा मात्रै १ हजार चौरी पालिएका छन्। 
       
         
    अहिले नाम्खाको लिमीसहित तांगिन, चाला, यारी, मचु, यालबाङ, यांगारलगायत ठाउँमा एक फिट हिउँ रहेको छ। नाम्खाका धेरैजसो बासिन्दाको मुख्य पेसा नै पशुपालन हो।
        
        
    चखेली गाउँपालिका–५ नेक्पामा पनि भारी हिमपात भएको छ। सदरमुकामस्थित सिमकोट गाउँपालिकाका माथिल्ला भेगमा पनि बाक्लो हिउँ जमेको छ। हिमपातले वनमा भएको घाँस पुरिँदा पशुचौपाया पाल्न समस्या भएको हो। ‘न घाँसको व्यवस्था छ, न चरन क्षेत्रमा लगेर चराउने बन्दोबस्ती नै,’ नाम्खा गाउँपालिका–६ हल्जीका फुन्जोक तामाङले भने, ‘जताततैको घाँस हिउँले छोपेको छ।’

    images
    images
    images


    घाँस अभावले पशु जोगाउन कठिन भएको उहाँको भनाइ छ। भारी हिमपातले जनजीवनसमेत कष्टकर बनेको छ। गाउँमा झन्डै एक फिटसम्म हिउँ जमेको तामाङ बताउनुभयो। उहाँले पालेका ८ वटा चौंरीसहित ३५ पशुलाई घरभित्रै थुनेर राखिएको छ। 
        
         
    अन्न उत्पादन न्युन हुने हुम्लाको माथिल्लो भेगका बासिन्दाले चौंरीसहित जुमा, झोपा, घोडा र लुलुगाई पालेका छन्। यो वर्ष कात्तिक पहिलो साता नै हुम्लामा हिउँ परेको थियो। पहिलेको हिउँ नसुक्दै पटकपटक हिमपात भएपछि पशुचौपाया जोखिममा परेको सिमकोटका कमान लामाले बताए । ‘यस वर्ष घाँस नकाट्दै छिटो हिमपात भयो,’ उनले भने, ‘हिउँले सबै घाँस छोपिएपछि पशुबस्तुका लागि घाँस स्टक राख्नै पाएनौं।’

    images
    images
    images


        
    अहिले भुस, खोले र उवा, कोदोलगायत बालीको नल खुवाएर पशु पालिरहेको उनले जानकारी दिए । विगतका वर्षमा हिउँ ढिलो पर्ने हुँदा घाँसको व्यवस्था गर्न पाइन्थ्यो। ‘यस वर्ष भने न पाकेको अन्न भित्र्याउन पाइयो, न घाँसको व्यवस्था गर्न,’ नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले भन्नुभयो, ‘खाद्यान्नको जोहो त जसोतसो भयो। तर हिउँ छिटो पर्दा कसैले पनि पशुका लागि घाँसको व्यवस्था गर्न सकेनन्।’ जिल्लाका धेरैजसो वनभरि हिउँ जमेका कारण पशुबस्तु चराउन मुस्किल भएको उनको गुनासो छ।
        
         
    हिमपातका कारण पशुपालन व्यवसाय नै संकटमा परेको हल्जीका कोतान्बा तामाङले बताउँछन् । ‘हिउँले घाँस ढाकेपछि मान्छेले खानलाई ल्याएको मैदा र चामलको खोले पकाएर पशुलाई खुवाइरहेका छौं,’ उनले भने, ‘चैत नलागेसम्म हिउँ बिलाउँदैन, यसरी कहिलेसम्म पशु पाल्ने?’

    images
    images
    images


    गाउँमा वर्षमा एक बाली मात्र पाक्छ। त्यही पनि कात्तिकमा भएको वर्षा र हिमपातले भित्र्याउन नदिएको उनको गुनासो छ। दुई दशकअघिसम्म हिउँदयाममा पशुबस्तु चीनमा र वर्षायाममा चीनतिरका पशु नेपालतिर चरन सार्ने परम्परा थियो। चीनले झन्डै दुई वर्षदेखि कोरोना महामारीका कारण हिल्सा नाका बन्द गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।