Logo

२०८३, कार्तिक २७गते


images
images

ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा संलग्न भएको आशंकामा एक जना प्रहरी नियन्त्रणमा

ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा संलग्न भएको आशंकामा एक जना प्रहरी नियन्त्रणमा

images
  • ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा संलग्न भएको आशंकामा एक जना प्रहरी नियन्त्रणमा
    images

    काठमाडौँ । अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा संलग्न भएको आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उक्त घटनामा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

    images
    images
    images

    शनिबार रोड आइल्याण्ड राज्यको प्रोभिडेन्सस्थित विश्वविद्यालय परिसरमा एक बन्दुकधारीले गोली चलाउँदा यी क्षति भएका हुन्। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका आशंकित व्यक्ति करिब २० वर्षको उमेर समूहका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले उनलाई बेन्जामिन एरिक्सन रहेको उल्लेख गरेका छन् । 

    images
    images
    images

    प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले घटनामा घाइते भएका सात जनाको अवस्था स्थिर रहेको, तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अर्का एक जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिए।

    images
    images

    अधिकारीहरूका अनुसार शनिबार स्थानीय समयअनुसार करिब दिउँसो ४ बजे (ग्रिनिच समयअनुसार २१:००) ब्राउन विश्वविद्यालयको पूर्वी भागमा रहेको होली इन्जिनियरिङ भवनको एक कक्षामा बन्दुकधारीले गोली चलाका थिए । 

    मृतक र अधिकांश घाइतेहरूको पहिचान अझै सार्वजनिक गरिएको छैन। तर विश्वविद्यालयकी अध्यक्ष क्रिस्टिना प्याक्सनले शनिबार सञ्चारकर्मीहरूलाई सबै पीडित मृतक र घाइते सबै विद्यार्थीहरू नै भएको जानकारी दिएकी छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ब्राउन विश्वविद्यालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।