बागलुङ । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा विदेशमा फरार रहेका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौबाट पक्राउ गरेका छन् ।
प्रहरीले कास्कीको रूपा गाउँपालिका ७ सिस्नेरीका ३१ वर्षीय मुक्तिनाथ खनाललाई पक्राउ गरेको हो । उनलाई विदेशबाट नेपाल फर्केपछि प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो ।
खनालले वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत एक महिलालाई साथी बनाउन अनुरोध पठाएका थिए ।
ती महिलाले अनुरोध स्वीकार गरेपछि म्यासेन्जरमा कुराकानी गर्ने क्रममा उनले नग्न तस्बिर र भिडियो बनाएर सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिँदै ’ब्ल्याकमेल’ गरेका प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology