Logo

२०८३, कार्तिक २७गते


images
images

अन्तर्राष्ट्रिय

इन्डिगोलाई रद्द भएको टिकटको रकम यथाशिघ्र फिर्ता गर्न भारत सरकारको निर्देशन

इन्डिगोलाई रद्द भएको टिकटको रकम यथाशिघ्र फिर्ता गर्न भारत सरकारको निर्देशन

images
  • इन्डिगोलाई रद्द भएको टिकटको रकम यथाशिघ्र फिर्ता गर्न भारत सरकारको निर्देशन
    images

    काठमाडौँ । भारतको नागरिक उड्डयन मन्त्रालयले इन्डिगोलाई ढिलाइ नगरी यात्रुहरूलाई बाँकी रहेको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

    images
    images
    images

    मन्त्रालयले डिसेम्बर ७, २०२५ आइतवार राति ८ बजेसम्ममा रद्द गरिएका वा प्रभावित सबै टिकटको रकम फिर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । विमान कम्पनीलाई उडान रद्दबाट प्रभावित भएका यात्रुहरूबाट कुनै पनि पुन: तालिका शुल्क नलिन पनि निर्देशन दिइएको छ ।

    images
    images
    images

    मन्त्रालयले फिर्ता प्रक्रियामा कुनै पनि ढिलाइ वा पालना नगरेमा तुरुन्तै कारबाही गरिने चेतावनी दिएको छ । इन्डिगोले शुक्रवार राति विज्ञप्ति जारी गर्दै असंख्य उडान रद्द र ढिलाइको लागि माफी मागेको र पैसा फिर्ता गर्ने र अर्को टिकट किन्ने सुबिधा दिने बताएको थियो ।

    images
    images

    एयरलाइन्सले सबै यात्रुहरूलाई रद्द गरिएका उडानहरूको लागि चाँडै फिर्ता गरिने आश्वासन दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्डिगो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।