पाल्पा ।सडक डिभिजन कार्यालय पाल्पाले सडक छेउका घरटहरा हटाउन अल्टिमेटर दिएको छ । सिद्धार्थ राजमार्ग (राम्दी-चिडियाखाेला क्षेत्र) छेउमा सडक मिचेर बनाइएका संरचना घर, टहरा साथै अन्य संरचना तत्काल हटाउन सडक डिभिजन कार्यालय पाल्पाले उर्दी नै जारी गरेको हो ।
सडक डिभिजनले एक महिनाभित्र सडकको क्षेत्राधिकारभित्र बनेका संरचना हटाउन सूचना प्रकाशित गरेको छ । उक्त सूचनामा पटक पटक सडक कार्यालयले सडक छेउमा बनेका संरचना हटाउन भनेपछि अटेर गरेर हालसम्म पनि कायम राखेका घरटहरा एक महिनाभित्र हटाउन भनेको छ । यदि उक्त संरचना नहटाए सडक कार्यालयले नै उक्त संरचना हटाउने र सम्बन्धित व्यक्तिबाटै उक्त संरचना हटाउन लागेको खर्च अशुलउपर गर्ने जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology