Logo

२०८३, कार्तिक २७गते


images
images

देवदह मेडिकल कलेज क्षेत्रमा खागले टोक्दा तीन जना घाइते, इमर्जेन्सीमा उपचार हुँदै

देवदह मेडिकल कलेज क्षेत्रमा खागले टोक्दा तीन जना घाइते, इमर्जेन्सीमा उपचार हुँदै

images
  • देवदह मेडिकल कलेज क्षेत्रमा खागले टोक्दा तीन जना घाइते, इमर्जेन्सीमा उपचार हुँदै
    फाईल फोटो : खाग (मौरी)
    images

    देवदह । देवदह मेडिकल कलेज परिसरमा खाग (मौरी) ले टोक्दा तीन जना घाइते भएका छन् । बिहिवार मेडिकल कलेज पुगेका स्थानीयलाई खागले टोकेको र हाल दुई जनाको इमर्जेन्सीमा उपचार भइरहेको मेडिकल कलेजका सूचना अधिकारी हिरालाल धामीले पुष्टि गरे । 

    images
    images
    images

    घाइते हुनेमा देवदहको शितलनगर र भलुहीका स्थानीय रहेका छन् । तीन जनालाई खागले टोकेकोमा एक जना सामान्य रहेको र दुई जनाको उपचार भइरहेको जनाइएको छ । सेतोमसीसंग कुरा गर्दै घाइतेका आफन्तले एउटै व्यक्तिलाई २५-३० वटासम्म खागले टोकेको बताए । 

    images
    images
    images

    उनीहरुले मेडिकल कलेज आसपासको क्षेत्रमा धेरै मान्छेको आवतजावत हुने भएकोले कलेजले आफ्ना सेवाग्राहीलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताएका छन् । उपचारमा सहजीकरण गर्न समेत उनीहरुले माग गरेका छन् । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह मेडिकल कलेज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।