Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय

इमरान खानसँग जेलमा बहिनीको भेट : उनको अवस्था बारेको अफवाहको अन्त्य

इमरान खानसँग जेलमा बहिनीको भेट : उनको अवस्था बारेको अफवाहको अन्त्य

images
  • इमरान खानसँग जेलमा बहिनीको भेट : उनको अवस्था बारेको अफवाहको अन्त्य
    images
    images

    काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी उज्मा खानले रावलपिंडीको अदियाला जेलमा भेट गरेकी छन् ।  मिडिया रिपोर्टका अनुसार बहिनि उज्माले इमरानसँग लगभग २० मिनेटसम्म भेटे गरेकी हुन् ।

    images
    images
    images

    उनको अवस्थाको बारेमा अनेक अफवाह फैलिरहेका बेला परिवारका सदस्यले पछिल्लो लगभग एक महिना भेट गरेको यो पहिलो पटक हो । बहिनि उज्माले इमरान खानको स्वास्थ्य राम्रो रहेको बताउदै उनलाई जेलमा मानसिक रूपमा यातना दिइएको दाबि गरेकी छन् । उनले यसका लागि पाकिस्तानी सेना प्रमुख असीम मुनीर जिम्मेवार रहेको बताएकी छन् । साथै उनले आफ्ना परिवारका सदस्यहरुसँग छलफल गरेपछि थप धारणा बाहिर ल्याउने बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    अफगानिस्तानका मिडियाबाट इमरान खानको जेलमा मृत्यु भएको भन्ने अफवाह शुरु भएको २७ दिनपछि इमरान खानले परिवारका सदस्यलाई भेटेका हुन् । उनले अन्तिम पटक नोभेम्बर ५ मा आफ्नी बहिनी नौरीन खानलाई भेटेका थिए । गत मंगलबार, इमरान खानका समर्थक र परिवारका सदस्यहरू उनलाई भेट्न गएका थिए, तर जेल प्रशासनले उनीहरूलाई अनुमति अस्वीकार गरेको थियो।

    images
    images
    images

    इमरानको मृत्यु भएको हल्ला फैलिए पछि पाकिस्तानभर ठूलो विरोध प्रदर्शन गरियो, जसले गर्दा रावलपिंडीदेखि इस्लामावादसम्म उच्च सतर्कता अपनाइएको थियो ।

    पाकिस्तानी सरकारले डिसेम्बर १ देखि ३ सम्म रावलपिंडीमा सार्वजनिक सभा, र्‍याली, जुलुस, धर्ना र पाँच भन्दा बढी व्यक्तिको भेलामा प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ भने धारा १४४ लागू छ । यस आदेशले हतियार, लाठी, गुलेली, पेट्रोल बम र विस्फोटक पदार्थ बोक्न निषेध गरेको छ । यसबाहेक, घृणायुक्त भाषण, प्रहरीको ब्यारिकेड हटाउने प्रयास, मोटरसाइकलमा पछाडि सवार दुई जना र लाउडस्पीकरको प्रयोगलाई पनि कडाइका साथ निषेध गरिएको छ ।

    इमरान खानको पार्टी, पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले मंगलबार इस्लामावाद उच्च अदालत बाहिर र रावलपिंडी (अदियाला जेल) मा ठूलो मात्रामा विरोध प्रदर्शनको घोषणा गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इमरान खान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।