Logo

२०८३, आश्विन ९गते


images
images

जब प्रयोगकर्ता बेहोस हुँदा 'एप्पल वाच' ले एम्बुलेन्स बोलायो

जब प्रयोगकर्ता बेहोस हुँदा 'एप्पल वाच' ले एम्बुलेन्स बोलायो

images
  • सेतोमसी सहकर्मी
  • जब प्रयोगकर्ता बेहोस हुँदा 'एप्पल वाच' ले एम्बुलेन्स बोलायो
    images
    images

    काठमाडौं । अमेरिकामा एक व्यक्तिको ज्यान एप्पल वाचले जोगाएको छ । जो प्ल्म्ब नामका ती व्यक्ति फ्याटल हाईपोग्लिसेमिक अट्याक (मधुमेहका कारण बेहोस) हुँदा वाचले प्यारामेडिक्स (स्वास्थकर्मी) लाई जानकारी गराएपछि समयमै उपचार पाएका छन् ।

    images
    images
    images

    ९ वर्षको उमेरदेखि मधुमह रोगबाट ग्रसित ती व्यक्ति गत नोभेम्बरमा मधुमेहका कारण अचेत भएका थिए । सोही समयमा उनको एप्पल वाचले प्यारामेटिक्सहरूलाई अचेत भएको सन्देश पठाएको थियो ।

    images
    images
    images

    सो सन्देशको आधारमा स्वास्थ्यकर्मीहरू आएर उनको उपचार गरेका थिए । यदि सो उपचार समयमै नपाएको भए आफू कोमामा जानसक्ने वा त्योभन्दा नराम्रो स्थिति हुनसक्ने उनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

    images
    images
    images

    यो अगाडि पनि उनी धेरै पल्ट बेहोस भइसकेका थिए । उनी एक्लै बस्ने र आफ्नो राेगका कारण पनि उनले एप्पल वाच प्रयोग गर्ने निर्णय गरेका थिए ।

    उनले वाचमा उपलब्ध इन-ब्युल्ट ‘फल डिटेक्शन’ फिचर इनेबल गरेका थिए । यस फिचर अन्तर्गत यदि प्रयोगकर्ता अचेत भयो भने वाचले ठूलो आवाजमा अलार्म बजाउँछ । त्यति गर्दा पनि प्रयोगकर्ता र नजिकका व्यक्तिबाट कुनै प्रतिक्रिया भएन भने वाचमा सेट गरिएका सम्पर्क नम्बरमा वाचले आकस्मिक सहयोगको लागि सन्देश पठाउँछ । 

    (टेकपाना डट कमबाट साभार)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।