Logo

२०८३, आश्विन १०गते


images
images

पत्रकारको स्वास्थ्य उपचारमा विशेष व्यवस्था गर्न प्रेस काउन्सिलको माग

पत्रकारको स्वास्थ्य उपचारमा विशेष व्यवस्था गर्न प्रेस काउन्सिलको माग

images
  • पत्रकारको स्वास्थ्य उपचारमा विशेष व्यवस्था गर्न प्रेस काउन्सिलको माग
    images
    images

    काठमाडौ । प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारको स्वास्थ्य उपचारमा विशेष व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।

    images
    images
    images

    श्रमजीवी पत्रकार हित तथा कानुन उपसमितिको आइतबार बसेको बैठकले श्रमजीवी पत्रकारको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गर्न सरकार समक्ष माग गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ ।  

    images
    images
    images

    श्रमजीवी पत्रकार एलवी विश्वकर्माको उपचारमा निजामती कर्मचारी (सिभिल)अस्पतालले बेवास्ता गरेका कारण पत्रकार विश्वकर्माको निधन भएको विषयमा प्रेस काउन्सिलले गम्भीर चासो व्यक्त गर्दै आएको  काउन्सिलले बताएको छ  । 

    images
    images
    images

    ६ सय रुपैयाँ अपुग भएकै कारण सिभिल अस्पतालले  पत्रकार विश्वकर्मालाई आकस्मिक उपचार कक्षमा भर्ना नगरेको र समयमै उपचार हुन नसक्दा उनको निधन भएको भन्ने समाचारहरु बाहिर आए पछि प्रेस काउन्सिलले यो विषयमा चासो देखाउँदै आएको जनाएको छ ।

    यसै सन्दर्भमा गत शुक्रबार काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत,सदस्य ठाकुर बेलवासे,प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल र अधिकृत गीता पराजुली लगायतको टाेलीले सिभिल अस्पताल प्रशासनलाई भेटेर घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको थियो । 

    अध्यक्ष बस्नेतले पत्रकार एलवीको मृत्युमा अस्पतालको लापरबाहीबारे गम्भीर प्रश्न उठेको भन्दै तत्काल छानबिन समिति गठन गर्न सिभिल अस्पताल प्रशासनसँग माग गरेका थिए ।

    अस्पतालका मेडिकल निर्देशक अनुजजंग रायमाझीसंगको छलफलमा अध्यक्ष बस्नेतले  घटनालाई  असामान्य रुपमा लिएर गम्भीर रुपमा छानविन गर्न समेत माग गरेका थिए । निर्देशक  रायमाझीले घटना बारे आन्तरिक छलफल गरेर अगाडि बढ्ने बताएका थिए । 

    काउन्सिलको ताकेता पछि सिभिल अस्पतालले पनि आकस्मिक  विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन पनि गरेको छ । उपसचिव कृष्ण सापकोटा ,साखा अधिकृत भोषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत सदसय रहेको असपताल स्रोतले जानकारी दिएको अध्यक्ष बस्नेतले खुलामञ्चलाई बताए  ।   

    यस्तै प्रेस काउन्सिलले विश्वकर्माको मृत्युको घटनाबारेमा सत्यतथ्य छानबिन गर्दै पत्रकारहरुको स्वास्थ्य उपचारमा सरकारले विशेष व्यवस्था  गर्न विज्ञप्ति मार्फत माग गरेको छ । 

    आजै अध्यक्ष बस्नेत,सदस्य दीपक पाण्डे र ठाकुर बेलवासेको टोलीले विश्वकर्मा कार्यरत संचारगृह टिभी टुडेको कार्यलयका पुगेर उनको तलब ,सेवा सुविधाका बारेमा जानकरी लिएको काउन्सिल प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रेस काउन्सिल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।