रेशम अधिकारी, देवदह । रुपन्देहीको देवदह ५ को बुद्ध सामुदायिक वनमा भिषण आगोलागी भएको छ।
मंगलवार बिहान १० बजे तिर नवलपरासीको ज्यामिरे बनबाट सुरु भएको आगो तीब्र रुपमा फैलिएको र एक्कासी ११ बजेतिर सामुदायिक बन कार्यालय नजिकको चिहान घाटमा पसेको थियो । जसका कारण बुद्ध सामुदायिक बनले दाहा संस्कारको लागि घाट नजिकै राखेको काठ , दाउरा र बनभित्रका आयुर्वेदिकका रुख हरु समेत जलेर नष्ट भएको स्थानीय नरेश आचार्यले सेतोमसीलाई जानकारी दिए ।
अत्यधिक गर्मी र हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको थियो । देवदह प्रहरी कार्यालय, स्थानीयले दिनभर आगो नियन्त्रण लिने प्रयास गरेको भएपनि आगो नियन्त्रण हुन सकेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology