सहबान अन्सारी,नवलपरासी।नवलपरासीमा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह माघ ९ गतेसम्मको लागी स्थगित गरिएको छ ।
सोमवार जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोभिड-१९ पोजिटिभ देखिएको हुदाँ अत्यावश्यक काम बाहेक अन्यसेवाहरु स्थगित गरिएको हाे ।
कार्यालयले नागरिकता, नागरिकता प्रतिलिपी, राहदानी र राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology