Logo

२०८३, आश्विन १०गते


images
images

पक्राउको निन्दा

दुर्गा प्रसाईलाई बिना शर्त रिहा गर्न राप्रपाको माग

दुर्गा प्रसाईलाई बिना शर्त रिहा गर्न राप्रपाको माग

images
  • दुर्गा प्रसाईलाई बिना शर्त रिहा गर्न राप्रपाको माग
    images
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाईलाई तत्काल बिना शर्त रिहा गर्न माग गरेको छ ।

    images
    images
    images

    राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै अभिव्यक्ति दिएकै आधारमा मध्यरातमा प्रसाईलाई पक्राउ गरिएकोप्रति निन्दा गर्दै बिना शर्त रिहा गर्न माग गरेको हो ।

    images
    images
    images

    राप्रपाले भनेको छ- 'अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ। प्रसाईको पक्राउबाट सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको छ। प्रसाईलाई अविलम्ब र बिना शर्त रिहा गर्न राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।'

    images
    images
    images

    गएराती पक्राउ परेका प्रसाईलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।