Logo

२०८३, श्रावण २७गते


images
images

चलचित्र

बक्स अफिस रिपोर्ट : जारी-२ को शानदार कमाई, परानले जेरी अन टपलाई चुनौती दिदै

बक्स अफिस रिपोर्ट : जारी-२ को शानदार कमाई, परानले जेरी अन टपलाई चुनौती दिदै

images
  • बक्स अफिस रिपोर्ट : जारी-२ को शानदार कमाई, परानले जेरी अन टपलाई चुनौती दिदै
    images
    images

    काठमाडौँ । अघिल्लो साताको नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्बजनिक भएको छ । 

    images
    images
    images

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार एक कार्तिक २९ गते शनिवारसम्म जारी-२ ले ४ करो ९२ लाख २२ हजार ९७६ ग्रस कमाई गरेको छ । त्यस्तै एक सातामा जारी-२ को कुल एक लाख ६२ हजार ३३३ टिकट बिक्रि भएको छ ।

    images
    images
    images

    त्यस्तै सोहि अवधिमा एक साथ रिलिज भएको अर्को फिल्म मन बिनाको धनले २ करोड ४३ लाख ३५ हजार ५८७ ग्रस कमाई गरेको छ । यस अवधिमा मन बिनाको धनले ९० हजार ५२६ टिकट बिक्रि गरेको छ । 

    images
    images
    images

    त्यस्तै अघिल्लो साता रिलिज भएको फिल्म परानले निरन्तर राम्रो कमाई गरिरहेको छ । परानले शनिबारसम्म ९ करोड ८६ लाख ९४ हजार ७६४ ग्रस कमाई गरेको छ ।  साथै परानले अहिलेसम ३ लाख ४७ हजार १७५ टिकट बिक्रि गरेको छ ।

    परानले लगातार बक्स अफिसमा दर्शकको साथ पाएकोले त्यसअघि रिलिज भएको जेरी अन टपलाई चुनौती दिने देखिएको छ ।  जेरी अन टपले अहिलेसम्म १२ करोड ७ लाख ३४ हजार २४६ ग्रस कमाई गरेको छ । साथै जेरी अन टपले ३ लाख ८५ हजार ९२८ टिकट बिक्री गरेको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।