Logo

२०८३, श्रावण २७गते


images
images

बक्स अफिसको रिपोर्ट

बक्स अफिसको रिपोर्ट : कुन फिल्मले कति कमाए ?

बक्स अफिसको रिपोर्ट : कुन फिल्मले कति कमाए ?

images
  • बक्स अफिसको रिपोर्ट : कुन फिल्मले कति कमाए ?
    images
    images

    काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

    images
    images
    images

    चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ ३१ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार लालिबजार,रोल नम्बर १, मितज्यू, काजी, लाइफ ड्यामेज र कुम्भको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ ।

    images
    images
    images

    जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले अहिलेसम्म ९ करोड १६ लाख कमाई गरेको छ । त्यस्तै यस फिल्मले ३ लाख ११ हजार ४०३ टिकट बिक्री गरेको छ ।

    images
    images
    images

    त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म रोल नम्बर १ ले अहिलेसम्म एक करोड ३५ लाख १५ हजार कमाई गरेको छ । यस फिल्मले ४७ हजार १५१ टिकट विक्री गरेको छ । 

    त्यसैगरी जेठ ८ गतेदेखि प्रदर्शनमा आएको मितज्यूले एक करोड ३२ लाख ५३ हजार कमाई गरेको छ । फिल्मका अहिलेसम्म ४६ हजार १५४ टिकट बिक्री भएका छन् ।  त्यस्तै जेठ ८ गतेदेखि नै प्रदर्शनमा आएको काजीले भने केवल ४४ लाख ४८ हजार ६० कमाई गरेको छ । त्यस्तै जेठ १ गते रिलिज भएको लाइफ ड्यामेजले ३४ लाख ६६ हजार कमाएको छ । त्यस्तै जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म कुम्भले ३ लाख ९१ हजार कमाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बक्स अफिस
  • # फिल्म
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।