Logo

२०८३, आश्विन ९गते


images
images

कार्यकारी सम्पादक पौडेल स्वयंसेवी रक्तदाता समाजको जिल्ला सदस्यमा मनोनित

कार्यकारी सम्पादक पौडेल स्वयंसेवी रक्तदाता समाजको जिल्ला सदस्यमा मनोनित

images
  • कार्यकारी सम्पादक पौडेल स्वयंसेवी रक्तदाता समाजको जिल्ला सदस्यमा मनोनित
    images
    images

    देवदह । सेतोमसी डट कमका कार्यकारी सम्पादक पवन पौडेल नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको जिल्ला सदस्यमा मनोनित भएका छन् । संस्थाको विधान, २०७२ को परिच्छेद-४ अन्तर्गत दफा ८ (ग) अनुसार कार्यसमिती सदस्यमा मनोनित गरेको संस्थाका अध्यक्ष कृष्ण चौहानले बताए । 

    images
    images
    images

    ‘उहाँले निरन्तर रक्तदानका साथै रक्तदान अभियानलाई निरन्तरता दिइरहनु भएको छ । संस्थालाई थप बलिलयो र क्रियाशिल बनाउन जिल्ला सदस्यमा मनोनित गरेका हौँ ’ उनले भने ।

    images
    images
    images

    पत्रकार पौडेल देवदह क्षेत्रमा रहेर रक्त संकलन अभियानमा सक्रिय छन् । देवदह व्यापार संघ र पल्लवी बचत तथा ऋण सहकारी संस्थामा समेत कार्यकारी जिम्मेवारी तथा देवदह प्रेस क्लबको सल्लाहकार रहेका उनी नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ देवदहका आजिवन सदस्य समेत हुन् ।

    images
    images
    images

    यसैबीच नेपाल स्वयंसेवी रक्तदाता समाज, जिल्ला शाखा रूपन्देहीले १५२ औँ नियमित रक्तदान कार्यक्रम सनिवार सम्पन्न गरेको छ ।

    रक्त अभाव न्यूनिकरण तथा आकस्मिक अवस्थामा सहज रूपमा रगत उपलव्ध गराउने उद्देश्यले “स्वस्थ रगत—सबैका लागि” नाराका साथ आयोजना गरिएको कार्यक्रममा ३७ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेको समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले जानकारी दिए । 

    कार्यक्रमलाई स्वयंसेवी रक्तदाता सहकारी संस्था लि., बुटवल–५ ले सहयोग तथा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) ले प्रायाेजन गरेको हो।

    नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रूपन्देहीले आगामी दिनहरूमा पनि नियमित रक्तदान, जनचेतना तथा सामाजिक सेवा सम्बन्धी कार्यक्रमहरुलाइ निरन्तरता दिने अध्यक्ष चाैहानले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।