Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथा मा.वि. मा लोक नृत्य, नाटक मञ्चन प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रम सम्पन्न

सगरमाथा मा.वि. मा लोक नृत्य, नाटक मञ्चन प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रम सम्पन्न

images
  • सगरमाथा मा.वि. मा लोक नृत्य, नाटक मञ्चन प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । देवदहस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरुमा रहेको अभिनयात्मक कला र नृत्य कलाको अभिवृद्धि गर्ने उद्देश्यका साथ विद्यालयमा कृयाशील बालक्लवद्धारा नाटक मञ्चन तथा लोक नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । 

    images
    images
    images


    कक्षा ४ देखि ९ कक्षासम्मका विद्यार्थीहरुको कक्षा गत रुपमा भएको नाटक प्रतियोगितामा कक्षा ४ देखि ६ र ७ देखि ९ गरी दुई तहमा निर्णय गरिएको थियो । उक्त प्रतियोगितामा कक्षा ४ देखि ६ को तहमा कक्षा ५ प्रथम कक्षा ६ द्धितीय र कक्षा ४ ले तृतीय स्थान प्राप्त गरेका थिए । भने कक्षा ७ देखि ९ तर्फ कक्षा ८ ले प्रथम, कक्षा ७ ले द्धितीय र कक्षा ९ ले तृतीय स्थान हासिल गर्न सफल भएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    received_740990363542323.jpeg
    नाटक मञ्चनको निर्णायकको भूमिका शिक्षक दधिराम ज्ञवाली र शिक्षिका आशा घिमिरेले गरेका थिए ।

    images
    images
    images


    त्यसैगरी अन्तर सदनात्मक रुपमा भएको लोकनृत्य तर्फ ब्लु सदन प्रथम, रेड सदन द्धितीय र ऐलो सदन ले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । लोक नृत्य तर्फको निर्णायको भूमिका मनिता थापा र आरति गुरुङले गरेका थिए  ।  


    साथै, विद्यालयले विभिन्न समयमा सञ्चालन गरेका विभिन्न प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको छ । 


    उक्त कार्यक्रममा सगरमाथा वालक्लवका उपाध्यक्ष  नेत्र भुषालको अध्यक्षता र विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका मा. वि संयोजक प्रदीप अधिकारीले गरेका थिए  ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।