Logo

२०८३, आश्विन ९गते


images
images

फुटसल

राष्ट्रिय पुरुष र महिला फुटसल टिमको प्रमुख र सहायक प्रशिक्षक नियुक्त

राष्ट्रिय पुरुष र महिला फुटसल टिमको प्रमुख र सहायक प्रशिक्षक नियुक्त

images
  • राष्ट्रिय पुरुष र महिला फुटसल टिमको प्रमुख र सहायक प्रशिक्षक नियुक्त
    images
    images

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष र महिला फुटसल टोलीका लागि प्रमुख र सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

    images
    images
    images

    राष्ट्रिय महिला फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जनलाई नियुक्त गरिएको छ भने सहायक प्रशिक्षकमा नरेश श्रेष्ठलाई नियुक्त गरिएको छ । उनीहरूले जनवरी १३ देखि २६ सम्म थाइल्याण्डमा आयोजना हुने साफ महिला फुटसल च्याम्पियनसिप २०२६ मा टोलीको नेतृत्व गर्नेछन् ।

    images
    images
    images

    त्यस्तै, राष्ट्रिय पुरुष फुटसल टोलीको मुख्य प्रशिक्षकमा अनिल बहादुर गुरुङलाई नियुक्त गरिएको छ भने सहायक प्रशिक्षकमा सरोज कुमार थापा क्षेत्रीले काम गर्नेछन् । पुरुष फुटसल टोलीले जनवरी १३ देखि २६ सम्म थाइल्याण्डमा आयोजना हुने साफ फुटसल च्याम्पियनसिप २०२६ मा प्रतिस्पर्धा गर्दै छ ।

    images
    images
    images

    चारै जना प्रशिक्षकलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुटसल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।