Logo

२०८३, श्रावण ३०गते


images
images

भाषण विवाद

ट्रम्पको भाषण सम्पादन विवादमा बिबिसीका दुई उच्च अधिकारीको राजीनामा

ट्रम्पको भाषण सम्पादन विवादमा बिबिसीका दुई उच्च अधिकारीको राजीनामा

images
  • ट्रम्पको भाषण सम्पादन विवादमा बिबिसीका दुई उच्च अधिकारीको राजीनामा
    images
    images

    काठमाडौँ । बिबिसीका दुई अधिकारीले राजीनामा दिएका छन् । बिबिसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण एडिट गरेर गलत तरिकाले प्रस्तुत गरेको खुलासा भएपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचारका प्रमुख कार्यकारी अधिकृत डेबोरा टर्नेसले राजीनामा दिएका हुन् ।

    images
    images
    images

    बीबीसी पानोरामा वृत्तचित्रले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सम्पादन गरेर दर्शकहरूलाई भ्रमित गरेको भन्दै आलोचना भएपछि उनीहरुको राजीनामा आएको हो । राजीनामा दिदै टिम डेभीले भने 'केही गल्तीहरू भएका थिए र महानिर्देशकको रूपमा, म त्यसको पूर्ण जिम्मेवारी लिनुपर्छ ।'

    images
    images
    images

    पाँच वर्षदेखि काम गर्दै आएका डेभीले सार्वजनिक प्रसारकलाई विवादमा पार्ने श्रृंखलाबद्ध विवाद र पूर्वाग्रहको आरोपका कारण बढ्दो दबाबको सामना गर्नुपरेको थियो ।

    images
    images
    images

    टेलिग्राफले सोमबार लीक भएको आन्तरिक बीबीसी मेमोको विवरण प्रकाशित गरेको थियो, जसमा पानोरामा कार्यक्रमले अमेरिकी राष्ट्रपतिको भाषणको दुई भागलाई एकसाथ सम्पादन गरेको सुझाव दिइएको थियो ताकि उनी जनवरी २०२१ को क्यापिटल हिल दंगालाई स्पष्ट रूपमा प्रोत्साहन गरेको देखियोस् ।

    बेलायतका राजनीतिक नेताहरूले राजीनामाले परिवर्तन ल्याउने आशा व्यक्त गरेका छन् भने ट्रम्पले राजीनामाको निर्णयलाई स्वागत गरेका छन् । 

    आइतबार साँझ यो कदमको घोषणा गर्दै डेभीले सबै सार्वजनिक संस्थाहरू जस्तै, बीबीसीमा पनि गल्ति हुन्छ र हामी सधैं खुला, पारदर्शी र जवाफदेही हुनुपर्ने बताए । उनले समग्रमा बीबीसीले राम्रो काम गरिरहेको छ, तर केही गल्तीहरू भएका छन् र महानिर्देशकको रूपमा आफुले अन्तिम जिम्मेवारी लिनुपर्ने बताए ।

    ट्रम्पले २०२१ को जनवरी ६ मा वाशिंगटन डीसीमा भाषणमा 'हामी क्यापिटलमा जाने छौं, र हामी हाम्रा बहादुर सिनेटरहरू, कांग्रेसीहरू र महिलाहरूलाई हौसला प्रदान गर्नेछौं ।' यद्यपि, बिबिसीको पानोरामा वृतचित्रमा सम्पादन गरेर उनलाई यसो भन्दै देखाइएको थियो  'हामी क्यापिटलमा जानेछौं... र म त्यहाँ तपाईंसँगै हुनेछु । र हामी लड्छौं । हामी ज्यान लगाएर लड्छौं ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।