Logo

२०८३, श्रावण ३०गते


images
images

ट्यारिफबाट आठ युद्ध रोकेको ट्रम्पको दाबी, भारत-पाकिस्तान युद्धमा १० विमान खसालिएको खुलासा

ट्यारिफबाट आठ युद्ध रोकेको ट्रम्पको दाबी, भारत-पाकिस्तान युद्धमा १० विमान खसालिएको खुलासा

images
  • ट्यारिफबाट आठ युद्ध रोकेको ट्रम्पको दाबी,  भारत-पाकिस्तान युद्धमा १० विमान खसालिएको खुलासा
    images
    images

    काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्यारिफ नीतिका कारण करोडौँ मानिसको ज्यान जोगिएको दाबी गरेका छन् । एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा ट्रम्पले ट्यारिफ प्रयोग गरेर आफूले थुप्रै युद्ध रोक्न सफल भएको बताएका हुन् ।

    images
    images
    images

    ट्रम्पका अनुसार उनले आठवटा युद्ध रोकाएका छन्, जसमध्ये छवटा युद्ध ट्यारिफको दबाबमार्फत रोकिएको दाबी गरे । उनले भने- 'मैले उनीहरूलाई भनेँ, यदि युद्ध रोकिएन भने म ट्यारिफ लगाउँछु ।'

    images
    images
    images

    उनले आफूले मानिसहरू मर्दै गरेको हेर्न नसक्ने भन्दै भारत–पाकिस्तानको सन्दर्भ उल्लेख गरे । ट्रम्पले भारत र पाकिस्तानबीच परमाणु युद्ध हुन सक्ने अवस्था सिर्जना भएको दाबी गर्दै दसवटा विमान खसालिएको दाबी गरे ।

    images
    images
    images

    ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्रीले समेत राष्ट्रपति ट्रम्पले युद्ध रोकाएर करोडौँ मानिसको ज्यान बचाएको बताएको उल्लेख गरे । उनले भने- 'ट्यारिफ बिना यो सम्भव हुने थिएन ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।