Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीमा कोभिड नियन्त्रण गर्न स्मार्ट लकडाउन

गुल्मीमा कोभिड नियन्त्रण गर्न स्मार्ट लकडाउन

images
  • गुल्मीमा कोभिड नियन्त्रण गर्न  स्मार्ट लकडाउन
    images
    images

    अनिष पन्थी, गुल्मी । पछिल्लो समयमा कोभिड-१९ तीब्र रुपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी गुल्मीमा कोरोना  रोकथाम तथा नियन्त्रण गर्न  कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र गुल्मीले स्मार्ट लकडाउन गर्ने  निर्णय गरेको छ। 

    images
    images
    images

    सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने , माघे संक्रान्ती/माघी लगायतका पर्व गाउँ टोलमै रही भिंडभाड नहुने गरी मनाउने र पर्वको नाममा मेला महोत्सव नगर्ने नगराउने निर्णय गरेको छ।

    images
    images
    images

    सबै आधारभूत तथा माध्यमिक विद्यालयहरु सञ्चालनको हकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयानुसार गर्ने ।  विश्वविद्यालय, क्याम्पस लगायत शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित परीक्षाहरु जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    यस्तै माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्दा र सार्वजनिक स्थल (कार्यालय, होटल, रेष्टुरेन्ट र पार्क आदि) मा प्रवेश गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने ,जिल्ला स्वास्थ्य कार्यालयले नियमित खोप केन्द्रहरुबाट खोपलाई अभियानकै रुपमा अगाडि बढाउने र स्थानीय तहमा निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने  साथै, लक्षित समुदायमा पर्ने खोप लिन इच्छुक सबैलाई  माघ १५ भित्र खोप लगाउने प्रवन्ध गर्ने निर्णय गरेको छ ।
    उद्योगधन्दा, कलकारखाना, व्यपार व्यवसाय, बैंक तथा वित्तिय संस्थाका साथै सेवा प्रवाह गर्ने सबै कार्यालय (सरकारी/गैर सरकारी) ले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना हुने व्यवस्था मिलाउने, जिल्लामा सञ्चालन हुने सार्वजनिक एवम् नीजि सवारी साधन देहाय बमोजिमका मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्ने,सवारी चालक, सहचालक र सबै यात्रुहरुले अनिवार्य मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश नगराउने र सिट क्षमता भन्दा बढी यात्रु नराख्ने ,स्यानिटाइजरको व्यवस्था गर्ने र सवारी साधन दैनिक निसंक्रमण गर्ने  निर्णय गरेको  जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ।

    सरकारी कार्यक्रमको हकमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्ने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेलले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।