अनिष पन्थी ,गुल्मी । आज ३००औं पृथ्वी जयन्ती दिवस गुल्मीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
विश्वका महान् व्यक्तिमध्ये एक सबैका पहिचान इतिहासका गौरव खुला आकाशमा चम्किरहने राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अबसरमा तम्घास बजारमा र्याली गरि तम्घासको थ्री.डि पार्क अगाडि सभामा परिणत भएको थियो।
पृथ्बी नाराण शाह राष्ट निर्माता हुन भएको उल्लेख गर्दै धर्मलाई बिधर्मीहरुले बेचेर खाएको बिश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष एवं प्रमुख अतिथी सुरेश चन्द्र भुषालले बताए।
नेपाल भारत र चिनको चपेटामा परेको बताउदै पृथ्वी नारायण शाहाले गर्दा आज हामी नेपाली भएको कार्यक्रमका सभाध्यक्ष एवं नेपाल नागरिक अभियानका अध्यक्ष अर्जुन कार्कीले बताएका छन ।
कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष अनिल कक्षपति, नेपाल नागरिक अभियान मुसिकोट वामी नगर अध्यक्ष गंगाराम सापकाेटा , अखण्ड हिन्दु राज्य समर्थक गुल्मीका पदाधिकारी लगाएकाे उपस्थितीमा बाईक र्याली समेत गरिएकाे थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology