अनिष पन्थी, गुल्मी । झुटको खेतिको पछाडी हामी लाग्न नहुने नेपाली कांग्रेस गुल्मीका सदस्य इश्वरी परियारले बताएका छन।
गुल्मी कांग्रेसको अठोट: सबल वडा, सक्षम टोल" अभियानको आज जिल्लाका ९३ वटै वडाबाट शुभाराम्भ भएको कार्यक्रममा गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड न १३ को भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथी एवं नेपाली कांग्रेस गुल्मीका सदस्य परियारले यस्तो बताएका हुन ।
नेपाली कांग्रेसमा आस्था भएका ब्यक्तिहरु झुटको खेतिको पछाडी लाग्न नहुने र कांग्रेसले काम गर्ने तर विपक्ष पार्टिले हामिले गरेको हो भन्दै हिडने गरेको कुरा उल्लेख समेत गरेका थिए ।
झुपडीमा बस्ने र गरिब जनताको सेवा नेपाली कांग्रेसले मात्र गर्ने उल्लेख गर्दै अबको चुनवमा देशभर बाट कांग्रेसलाई पहिलो पार्टी बनाउन लाग्नुपर्ने बताए ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिको यहि पौष २१ गते बसेको बैठकको निर्णय अनुसार "गुल्मी कांग्रेसको अठोट: सबल वडा, सक्षम टोल" अभियान अन्तर्गत आज जिल्लाका ९३ वटै वडामा प्रतिनिधि खटाएर विभिन्न कार्यक्रम समपन्न भएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology