Logo

२०८३, आश्विन ११गते


images
images

बन्दै थाेर्गेली जनताका लागि गौरवकाे आयाेजना

बन्दै थाेर्गेली जनताका लागि गौरवकाे आयाेजना

images
  • सेतोमसी सहकर्मी
  • बन्दै थाेर्गेली जनताका लागि गौरवकाे आयाेजना
    images
    images

    कृष्ण अन्जान, रुरु ।लामाे समय सम्म थाेर्गेली जनताले गाउँबाट जँगल तिरबाट गाडि दगुरेकाे हेरि रहे।

    images
    images
    images

    तानसेन रिडी तम्घास माेटरबाटाे जँगल तिरबाट लगियो त्यहि बाटाे कालाेपत्रे भयाे तर जँगल तिरबाट बाटो गएपछि सडक भएर पनि थाेर्गा विकट जस्तो बन्याे ।
    तानसेन रिडी तम्घास माेटरबाटाेमा झरेर गाउँ अाउन धेरै सकस बेहाेरे थाेर्गेली जनताले । पुरानो पुस्ताले यहि माेटरबाटाेलाई गाउँ हुँदै जान दिएनन । 

    images
    images
    images

    गाउँबाट माेटरबाटाे गए छाेरि बुहारी बिग्रन्छन भन्ने अत्यन्तै गलत साेँच र सकिर्ण मनस्थितिका कारण करिब पचास वर्ष थाेर्गेली जनताले कष्ट भाेगे ।

    images
    images
    images

    गाउँबाट माेटरबाटाे लाने प्रयास त्यतिबेला पनि नभएकाे हाेईन तर लाठमुँग्रा सम्मकाे अवस्था सिर्जना भएपछि बाटाे गाउँ भन्दा करिब दुई किलाेमिटर तल जँगलबाट गयाे र सडककाे सुविधाबाट थाेर्गा गाउँ पछि पर्याे ।

    थाेर्गेली हरुले सडकका लागि लामाे समय कुर्नु पर्याे तर पछिल्लो पिँढीकाे सुजबुझ पुर्ण निर्णयले ढिलै भएपनि गाउँकाे माथिल्लो भाग छिचोल्दै सडककाे ट्र्याक खाेलियाे ।
    पटकपटककाे बजेट बिनियाेजन पछि सालविसाउना स्यालपाेखरी पानी टँकि सडकमा ठुला गाडि चल्न सक्ने भए र दैनिक एउटा बस गाउँ हुँदै बुटवल जान थाल्याे र यहि सडक सँग जाेडिएर सहायक सडक पनि खाेलिएपछि गाउँमा अावत जावतमा सहजता भयाे ।
         
    यतिबेला यहि सडकलाई स्तराेन्नतीकाे काम जाेड ताेडले चल्दै छ ।बाटाे चौडा गरिँदै छ ग्याभिँग वाल सँगै रिटर्निँग वाल र नालि बनाउने काम पनि शुरु हुन थालेकाे छ ।

    लामाे समयकाे कसरत पछि थाेर्गा गाउँका अभिभावक समेत रहेका लुम्बिनी प्रदेशका साँसद कमल राज श्रेष्ठको प्रयासमा सडकका लागि करिब अठार कराेडकाे बजेट प्रदेश सरकारबाट बिनियाेजन भए सँगै पन्थ कन्ट्रक्सनलाई परेकाे ठेक्कामा याे सडककाे स्तराेन्नति शुरु गरिए पछि अब थाेर्गेली जनता सडक बन्नेमा अाशावादि देखिएका छन ।
    मुख्यतया साँसद श्रेष्ठको अाफ्नै ठाउँकाे सडक भएकाले पनि सडक निर्माणमा प्रत्यक्ष निगरानीका कारण सडक बेलैमा सम्पन्न हुनेमा कुनै शँका छैन ।

    त्यसाे त लुम्बिनी प्रदेश विशेषाधिकार समितिका सभापति पति समेत रहेका याे क्षेत्रका साँसद कमल राज श्रेष्टकाे पहलमा सँसदिय क्षेत्रका हरेक गाउँमा खानेपानी अन्यरगत एक घर एक धारा , गाउँ गाउँमा सडक , विध्यालय भवन निर्माण मर्मत  , प्राथमिक स्वास्थ केन्द्र निर्माण ,कभर्डहल हरुकाे निर्माण कार्य भईरहेका छन त्यसमा पनि थाेर्गा गाउँकाे याे सडकमा वहाँकाे विशेष अनुगमन र निगरानी अलि बढि देखिएकाे छ ।

    कहिले च्यूरेक तिर बन्दै गरेकाे सडक त कहिले थानपति तिरकाे सडकमा साँसद श्रेष्ठ नपुगेको दिनै छैन ।सडकलाई गुणस्तर र दिगाे बनाउने काममा थाेर्गाकाे अाम जनता यतिबेला एकजुट भएर लागेकाे छ ।
    तानसेन रिडी तम्घास माेटरबाटाेकाे लिँक राेडकाे रुपमा रहेकाे सालविसाउना स्यालपाेखरी पानी टँकी सडक थाेर्गाकाे गौरवको अयाेजना हाे ।
    करिब सात किलोमिटर काे   याे सडककाे स्तराेन्नतिले नजिकका शहर तानसेन बुटवल सँग थाेर्गेलीहरुलाई झनै नजिक मात्र बनाउँदै आवत-जावतमा समेत सहजता हुन्छ ।

    यसै गरि यहि सडक जाने च्यूरेक लिचि ब्लक क्षेत्रकाे रुपमा रहेकाे लिचि गाउँकाे उत्पादित र उँखु ब्लक क्षेत्रकाे रुपमा रहेकाे थानपतिकाे उँखु खुदाे र गुँड शहर सम्म पुर्याएर अाय अार्जनमा सहज हुनेछ भने थाेर्गाकाे तरकारी र खसिबाेकाकाे अर्गानिक स्वाद बुटवल नारायणगढ काठमाडौंमा समेत चाख्न पाईने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गौरवकाे आयाेजना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।