Logo

२०८३, आश्विन १०गते


images
images

प्राकृतिक विपत्ति

फिलिपिन्समा कालमेगी आँधी, अहिलेसम्म ५२ जनाको मृत्यु

फिलिपिन्समा कालमेगी आँधी, अहिलेसम्म ५२ जनाको मृत्यु

images
  • फिलिपिन्समा कालमेगी आँधी, अहिलेसम्म ५२ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । फिलिपिन्समा कालमेगी आँधीबाट अहिलेसम्म ५२ जनाको ज्यान गएको छ । शक्तिशाली आँधीका कारण लाखौं घरबारविहीन भएका छन् ।

    images
    images
    images

    हाल १३ जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ । सबैभन्दा धेरै विनाश घना जनसंख्या भएको मध्य टापु सेबुमा सबैभन्दा धेरै मृत्यु भएको छ । धेरै मानिसहरूले घरको छतमा आश्रय लिइरहेका छन् भने कार र ढुवानी कन्टेनरहरू सडकमा तैरिरहेको देखिएको छ ।

    images
    images
    images

    त्यस्तै राहत प्रयासमा सहयोग गर्ने क्रममा दुर्घटनामा परेर सैन्य हेलिकप्टरमा रहेका छ जना चालक दलका सदस्यहरूको मृत्यु भएको छ । सेबुको दक्षिणमा रहेको मिन्डानाओ टापुमा हेलिकप्टर दुर्घटनाग्रस्त भयो । फिलिपिन्सले प्रत्येक वर्ष औसत २० आँधीको अनुभव गर्छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फिलिपिन्समा आँधी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।