काठमाडौँ । काठमाडौँ । नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गरेको छ ।
आइतवार बिहान पेरिसडाँडामा बसेको सचिवालय बैठकले एकीकृत समाजवादीसहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
त्यस्तै माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक कार्तिक १८ गतेका लागि बोलाएको छ ।
त्यस्तै माओवादी केन्द्रको सचिवालय बैठकमा उपमहासचिव जनार्दन शर्मा अनुपस्थित भएका छन् । आइतवार बिहान पेरिसडाँडामा बसेको सचिवालय बैठकमा नेता शर्मा अनुपस्थित भएका हुन् । शर्माले शनिबारको बैठकमा एकीकृत समाजवादीसँग एकता गर्न नहुने धारणा राख्दै तत्काल एकता प्रक्रिया रोक्नुपर्ने बताएर बैठकबाट बाहिरिएका थिए ।
नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसहित विप्लब समूहबाट विद्रोह गरेर पुनर्गठन भएको नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा ( समाजवादी), जनसमाजवादी लगायतका पार्टीसंग पार्टी एकता गर्ने अन्तिम तयारी गरेको छ ।
एकीकृत समाजवादीले केन्द्रीय कमिटीबाट माओवादी केन्द्रसहितका दलहरुसँग एकता गर्ने निर्णय गरिसकेको छ । एकता पछि नेकपा समाजवादी नाम राखेर नयाँ दल दर्ता गर्ने तयारी समेत गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology