Logo

२०८३, श्रावण २७गते


images
images

मध्यरातमा बालेनको आपत्तिजनक स्ट्याटस, आलोचनापछि हटाए

मध्यरातमा बालेनको आपत्तिजनक स्ट्याटस, आलोचनापछि हटाए

images
  • मध्यरातमा बालेनको आपत्तिजनक स्ट्याटस, आलोचनापछि हटाए
    images
    images

    काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाहले गएराती मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा 'आपत्तिजनक स्ट्याटस’ पोष्ट गरेर हटाएका छन् । शनिबार मध्यराति गरेको पोस्ट आलोचनापछि केहीबेरमै उनले हटाएका हुन् ।

    images
    images
    images

    हटाएको पोष्टको स्क्रीन शट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त पोष्टमा बालेनले छिमेकी देश भारत, चीन र अमेरिका तथा नेपालका प्रमुख राजनीतिक दलहरूलाई गाली गर्न अश्लिल शब्द प्रयोग गरेका थिए । साथै उनले उक्त पोष्टमा प्रमुख दलहरु कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा सबै मिलेर पनि केहि गर्न नसक्ने बताएका थिए । बालेनको उक्त पोस्टको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

    images
    images
    images

    पछिल्लो समयमा जेनजी आन्दोलन गर्न युवाहरूलाई उक्साएर आफु लुकेको आरोप लागेका बालेनले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको तर कार्की नेतृत्वको सरकारको कामप्रति असन्तुष्ट जनाएको विषय चर्चामा रहेको छ । सामाजिक सञ्जाल र मिडियामा बालेनले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समेत समाचार आइरहेका छन् । जेनजी आन्दोलनसँग जोडिएर आलोचना खेप्दै आएका बालेनले आफ्नै स्ट्याटसका कारण फेरी विवादमा परेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।