Logo

२०८३, श्रावण २७गते


images
images

श्रम

मलेसियाले तोकेको नयाँ मापदण्ड बारे आवश्यक पहल लिन श्रम सचिवलाई प्रधानमन्त्री कार्कीको निर्देशन

मलेसियाले तोकेको नयाँ मापदण्ड बारे आवश्यक पहल लिन श्रम सचिवलाई प्रधानमन्त्री कार्कीको निर्देशन

images
  • मलेसियाले तोकेको नयाँ मापदण्ड बारे आवश्यक पहल लिन श्रम सचिवलाई प्रधानमन्त्री कार्कीको  निर्देशन
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी छन् ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले बिहीवार बिहान सचिव पुष्करलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा जानकारी लिएकी थिइन् । सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे जानकारी प्राप्त भएको र कूटनीतिक रुपमा यस विषयको सम्बोधन गर्नुपर्ने बताएका थिए ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले परराष्ट्र, अर्थ र श्रम मन्त्रालयसँग पनि समन्वय गर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    मलेसिया धेरै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गन्तव्यमा पर्छ । नेपालमा करिब १२०० वैदेशिक रोजगारी व्यवसायीमध्ये ९०० वटा मलेसियाकै व्यवसायमा आश्रित छन्।

    मलेसियाको नयाँ मापदण्डले नेपालका करिब एक दर्जन ठूला कम्पनी मात्र उक्त मुलुकमा कामदार पठाउन योग्य हुने वैदेशिक रोजगारी व्यवसायीहरुको भनाइ छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।