Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

बालेनले गृहमन्त्री हटाउन दबाब दिएको भन्ने समाचार झुटो : अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह

बालेनले गृहमन्त्री हटाउन दबाब दिएको भन्ने समाचार झुटो : अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह

images
  • बालेनले गृहमन्त्री हटाउन दबाब दिएको भन्ने समाचार झुटो : अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह
    images
    images

    काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भन्ने सञ्चार माध्यममा आएका समाचारप्रति प्रधानमन्त्री सुशिला कार्कीको ध्यानाकर्षण भएको छ ।

    images
    images
    images

    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको भन्दै कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने उल्लेख गरेका छन् ।

    images
    images
    images

    जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहको श्रेष्ठले उल्लेख गरेका छन् ।

    images
    images
    images

    संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई उनले अनुरोध गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • # गृहमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।