Logo

२०८३, कार्तिक २७गते


images
images

मौसम

बंगालको खाडीमा चक्रवात 'मोन्था' सक्रिय : भारतका विभिन्न राज्यमा सतर्क रहन चेतावनी

बंगालको खाडीमा चक्रवात 'मोन्था' सक्रिय : भारतका विभिन्न राज्यमा सतर्क रहन चेतावनी

images
  • बंगालको खाडीमा चक्रवात 'मोन्था' सक्रिय : भारतका विभिन्न राज्यमा सतर्क रहन चेतावनी
    images

    काठमाडौँ । भारतीय मौसम विभागले चक्रवात मोन्था तीव्र गतिमा फैलिने बताएको छ ।

    images
    images
    images

    मोन्था हाल बंगालको खाडीमा सक्रिय रहेको छ । यसले भारतको तमिलनाडुका केही भागहरूमा भारी वर्षा गराउन सक्ने र चक्रवात आज आन्ध्र प्रदेशको तट पार गर्ने अनुमान गरिएको हुनाले, आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा चक्रवातको चेतावनी जारी गरिएको छ ।

    images
    images
    images

    भारतीय मौसम विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'चक्रवात साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनमको बीचमा तट पार गर्ने सम्भावना छ ।'

    images
    images

    विज्ञप्ति अनुसार, त्यतिबेला हावाको गति ९०-१०० किलोमिटर प्रतिघण्टा पुग्न सक्ने उल्लेख छ ।

    मौसम विभागले चक्रवात 'मोन्था' को प्रभावका कारण अक्टोबर २८ देखि ३० सम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ ।

    चक्रवातलाई ध्यानमा राख्दै आन्ध्र प्रदेश, ओडिशा, तमिलनाडु, पुडुचेरी र अण्डमान र निकोबार टापुका पार्टी एकाइहरूलाई चक्रवात 'मोन्था' को सम्भावित प्रभावलाई ध्यानमा राख्दै राहत र सहायता कार्यका लागि पूर्ण रूपमा तयार रहन निर्देशन दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोन्था
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।