Logo

२०८३, कार्तिक २७गते


images
images

देउवा दम्पति सिंगापुर प्रस्थान

देउवा दम्पति सिंगापुर प्रस्थान

images
  • देउवा दम्पति सिंगापुर प्रस्थान
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सिंगापुर गएका छन् । गएराती सिंगापुर एयरलाइन्सबाट देउवा दम्पती उपचारका लागि सिंगापुर गएका हुन् ।

    images
    images
    images

    गत भदौ २४ जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवाले छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए । प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवाको गर्धनमा १२ टाँका लगाइएको थियो ।

    images
    images
    images

    थप उपचारका लागि देउवा दम्पती सिंगापुर गएको नेपाली कांग्रेसले जानकारी दिएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आक्रमणमा परेका देउवा दम्पति असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।