Logo

२०८३, आश्विन ९गते


images
images

विश्वकप लिग

विश्वकप लिग २ : आज अमेरिका र युएईबीच खेल हुदै

विश्वकप लिग २ : आज अमेरिका र युएईबीच खेल हुदै

images
  • विश्वकप लिग २ : आज अमेरिका र युएईबीच खेल हुदै
    images
    images

    काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज युएई र अमेरिका खेल्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    यसअघि सम्पन्न सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । हाल विश्वकप लिग-२ मा अमेरिका २१ खेलमा ३० अंकसहित शिर्ष स्थानमा छ भने युएई १६ खेलमा ६ अंकसहित पुछारमा रहेको छ ।

    images
    images
    images

    त्यस्तै नेपाल भने १७ खेलमा १२ अंकसहित सातौं स्थानमा छ । अमेरिका र युएईबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा अमेरिकाले ७ खेल जितेको छ भने युएईले २ खेल जितेको छ ।

    images
    images
    images

    अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अक्टोबर २६ आइतबार नेपाल र अमेरिका, अक्टोबर २८ मंगलबार युएई र अमेरिका, अक्टोबर ३० विहिबार नेपाल र युएई, नोभेम्बर १ शनिबार नेपाल र अमेरिका, नोभेम्बर ३ सोमबार युएई र अमेरिका र नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।