Logo

२०८३, आश्विन १०गते


images
images

पुर्व परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बलेटक्सार बजार लिफ्ट खानेपानी आयोजनाको उद्घाटन

पुर्व परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बलेटक्सार बजार लिफ्ट खानेपानी आयोजनाको उद्घाटन

images
  • पुर्व परराष्ट्रमन्त्री ज्ञवालीद्वारा बलेटक्सार बजार लिफ्ट खानेपानी आयोजनाको उद्घाटन
    images
    images

     माधव ज्ञवाली गुल्मी । पुर्व परराष्ट्रमन्त्री तथा गुल्मी १. नम्बर निर्वाचन क्षेत्रका संघीय सांसद एवं नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गुल्मीमा एक लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको  उद्घाटन गरेका छन् ।

    images
    images
    images


    ज्ञवालीले जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.४ मा पर्ने बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको आज एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

    images
    images
    images


    आर्थिक बर्ष ०७०/०७१ मा सुरु भई आर्थिक बर्ष ०७७/०७८ मा सम्पन्न भएको सो आयोजना( गाउँपालिकाको बजेट बाहेक)  रु. ३ करोड ३० लाख ३७ हजार ४ सय ३९ रुपैयाँमा सम्पन्न भएको हो। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रेकर्ड अनुसार कार्यालयको आफ्नो वार्षिक कार्यक्रम अनुसार सुरुबाट अन्त्य सम्म भएको काममा सरकार तर्फबाट रु. २ करोड ७१ लाख ०४ हजार ५ रुपैयाँ खर्च भएको र  जनसहभागिता बाट रु. ५९ लाख ३३ हजार ४ सय ३४ रुपैयाँ खर्च गरि आयोजना सम्पन्न गरिएको जिल्ला खानेपानी डिभिजन कार्यालय गुल्मीका प्रमुख अनुज पौडेलले जानकारी दिए।

    images
    images
    images


    मस्यारी बिरौटा दोमइ श्रोत बाट पानीलाई सेडिमेन्ट गरि फिल्टर गरिएको र त्यसलाई १ लाख लिटर क्षमताको २ वटा ट्याङ्कीमा जम्मा गरिएको उनको भनाई छ।

    received_3789029577989796.jpeg
    उनका अनुसार आयोजना क्षेत्रका ३ सय ५९ घरधुरिहरुको करिव १ हजार ७ सय ९५ जनसंख्यालाई पानी वितरण गरिएको छ। लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मी ,रुरुक्षेत्र गाउँपालिका र स्थानीय उपभोक्ताहरुको सहभागिता एवं उपभोक्ता समिति केन्द्र र जिल्ला स्तरबाट जनप्रतिनिधि  तथा गुल्मी क्षेत्र नम्बर १ का सांसद पुर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको  बिशेष सहयोगमा आयोजना सम्पन्न भएको उनले बताए।


    यस् आयोजनामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट सेडिमेन्टेसन ट्याङ्की ,रिजर्भ्वायर ट्याङ्की ,पाइप लाइन लगायतका संरचना निर्माण भएका छन् भने गाउँपालिकाबाट वितरण पाइप लाइनका विभिन्न खण्डहरुमा आवश्यक विभिन्न पाइप साइजहरु उपलब्ध भएका थिए।


    उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञवालीले यस् खुसियालीमा सहभागी हुन पाउँदा आफू खुसी भएको बताउँदै उपभोक्ताहरुलाई धन्यवाद एवं बधाई दिए। विभिन्न बाधा अवरोधका बिच पनि समयमै आयोजना सम्पन्न गरेकोमा आफू खुसी भएको ज्ञवालीको भनाइ छ। कार्यक्रममा बोल्दै गर्दा ज्ञवालीले २० बर्ष पहिले  यस् क्षेत्रका जनताले भोगेको पानीको चरम समस्यालाई सम्झिए। पछि आफू निर्वाचित भएपछि यस् क्षेत्रमा खानेपानी जसरी पनि ल्याउनुपर्ने संकल्प बोकेर अघि बढिरहेको र निकै जोखिम मोलेर रेसुङ्गा र ह्वाक्ने छहराको पानी यस् क्षेत्रसम्म ल्याएको बताए । भन्छन् " गुल्मी अर्घाखाँची ग्रामीण विकास परियोजना मार्फत खानेपानी ल्याएर यस् क्षेत्रको सार्वजनिक धारामा पानी झर्दाको दिन एउटा नंया युगको सुरुवात भएको महसुस भएको थियो।" "केही बर्ष त्यसले थेगेपनि त्यो पर्याप्त नहुने भएकोले ढुक्क हुने अवस्था थिएन " ज्ञवालीले बताए।


    त्यो बेला यस् क्षेत्रमा लिफ्ट आयोजना आइ नसकेको र बिद्धुतको समस्या एवं उपभोक्ताले लगानी गर्ने परिकल्पना नभएकोले निकै चुनौती रहेको पनि उनले सम्झिए।


    पछि वि.स २०७४ को चुनावमा ३ वटै तहमा आफुहरुको जित भएको र पार्टीको घोषणापत्रमा पनि १ घर १ धारा को अवधारणा रहेको कारण यस् योजनालाई सजिलैसँग सप्पन्न गर्न सफल भएको उनको तर्क छ। आफ्नो पार्टीको कार्यकालमा खानेपानीलाई प्राथमिकता राखेर काम गरिरहँदा आजसम्म आइपुग्दा करिब ९८% जनसंख्यामा खानेपानी र सत प्रतिशत जनसंख्यामा सरसफाइको अभियान सम्पन्न गर्दै देशलाई दक्षिण एसियाकै पहिलो दिशामुक्त देश घोषणा गर्न सफल भएको उनले बताए। ज्ञवालीले अब देशमा गंभिर खालका खानेपानीको समस्या नरहेको पनि बताएका छन् ।

     
    आयोजनाका अध्यक्ष देवनारायण ज्ञवालीले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आयोजनाको दिगोपना उपभोक्ता समितिको कार्यशिलतामा भर पर्ने बताए। उपभोक्ता समितिले एक सबल सेवा प्रदायकको भुमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ।  कार्यक्रममा प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ, गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम,उपाध्यक्ष लक्ष्मीदेवि पन्थ,विभिन्न वडाका जनप्रतिनिधि, उपभोक्ता, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पोष्टराज पौडेलले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।