Logo

२०८३, कार्तिक २५गते


images
images

भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

images
  • भरतपुरमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु
    images

    चितवन । चितवनको भरतपुर महानगरपालिका-१० मा एयरपोर्ट नजिकै सोमबार राति स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    राति करिब २ बजेको समयमा  बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर-२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र सोही ठाँउका २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए ।

    images
    images
    images

    घाइते दुवै जनालाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा, उपचारकै क्रममा राति २:३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    images
    images

    स्कुटर तीव्र गतिमा रहेकाले नियन्त्रण गुमेर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । मृतक दुवैजनाको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल मै राखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्कुटर दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।