देवदह । देवदहमा शिष्टता प्याथोलोजी संचालनमा आएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत दिनेश पराजुलीले देवदह–५ खैरेनीमा प्याथोलोजी संचालनमा ल्याएका हुन् ।
सोमवार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले प्याथोलोजीको उद्घाटन गरेका छन् । कार्यक्रममा देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा बहादुर खत्री, देवदह आदर्श क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, नेपाली कांग्रेस देवदह नगर अध्यक्ष गुनाखर भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।
प्याथोलोजीका सञ्चालक पराजुलीले १८ लाखको लगानीमा प्याथोलोजी सञ्चालनमा ल्याएको बताए । उनले बुटवलमा हुने सबै परिक्षण अब खैरेनीमै हुने बताए । देवदहमा निजी क्षेत्रमा पहिलो पटक मृगौला, कलेजो, थाइराइड, भिटामिन, क्यान्सर लगायतको परिक्षण आफुहरुले गर्न लागेको सञ्चालक पराजुलीले दावी गरे ।
प्याथोलोजीमा सञ्चालक बाहेक दुई जना स्वास्थ्यकर्मी कार्यरत छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology