Logo

२०८३, आश्विन १०गते


images
images

बंगलादेश आन्दोलन

बंगलादेशमा हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

बंगलादेशमा हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

images
  • बंगलादेशमा हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    images
    images

    काठमाडौँ । बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ । गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनलाई दबाएको आरोपमा उनीमाथि मानवताविरुद्धको अपराधको आरोप लगाइएको छ । अदालतमा अभियोजन पक्षले हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् ।

    images
    images
    images

    बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने 'हसिनाले १४०० मृत्युदण्ड पाउनुपर्छ । मानवीय रूपमा सम्भव नभएकोले, हामी कम्तिमा एक मृत्युदण्डको माग गर्छौं । 'हाल भारतमा शरणमा रहेकी हसिनाविरुद्ध चलिरहेको मुद्दाको क्रममा एउटा लीक भएको अडियो क्लिप बाहिर आएको छ, जसमा उनले सुरक्षा बललाई प्रदर्शनकारीहरूविरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप छ ।

    images
    images
    images

    यद्यपि, हसिनाले यी आरोपहरूलाई अस्वीकार गरेकी छिन् । गत वर्षको हिंसामा लगभग १४ सयजना मारिएका थिए । यसलाई १९७१ को स्वतन्त्रता युद्ध पछि बंगलादेशमा भएको सबैभन्दा खराब हिंसा मानिन्छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।