रमेश बहादुर सिह, बझाङ । जिल्लाका १२वटै स्थानिय
तहका विभिन्न स्थानमा आइतबारवाट भुवा पर्व सुरु भएको छ । प्रत्येक वर्ष पुषे औसीको अघिल्लो दिन
देखि भुवा पर्व मनाइने गरिन्छ ।
जयपृथ्वी नगरपालिका को कैलाश मस्टा गाउपालिका १ को रनडाडा खत्तडछान्ना गाउपालिका ७गोर्खाली तलकोट गाउपालिका को खौल्ला लगाएतका जिल्लाका १२ वटै स्थानीय तहमा विशेष गरि भुवा पर्व मनाईदै आएको छ ।
अयोध्याका राजा राम र रावणको लडाइपछि राजा रामको विजय प्राप्त गरेको पौराणिक भनाई अनुसार पुषे औसीको अघिल्लो रात राका सल्काएर मुढा बाल्ने गरिन्छ ।
बझाङ लगाएतका सुदूरपश्चिमका जिल्लामा आइतबार बाट विधिवत रुपमा भुवा पर्व सुरु भएको छ ।
जिल्लाका प्रत्येक स्थानीय तहमा मनाइने भुवा पर्वमा कतिपय ठाउँमा देउडा लगाउने, हरिनु हाल्ने,चावानिया खल्ने लगाएतका परम्परागत क्रियाकलाप गरेर भुवा पर्वको समापन गरिदै आएको स्थानीय गजेन्द्र सिहले बताए ।
सिहका अनुसार सो पर्वलाई हर्स उल्लासका साथ मनाएने गरिन्छ । उक्त पर्वमा टाढा वाट आफन्तहरु आउने र घरायसी भेटघाट हुने भएको उक्त पर्वलाई दशैँ पछिको दोस्रो ठुलो पर्वका रुपमा मनाइने गरिएको सिहले बताए
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology