Logo

२०८३, आश्विन ९गते


images
images

रूबेला

नेपाल बन्यो दक्षिण-पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौँ देश

नेपाल बन्यो दक्षिण-पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौँ देश

images
  • नेपाल बन्यो दक्षिण-पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौँ देश
    images
    images

    काठमाडौँ । विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने देशहरूमा नेपाल छैटौँ राष्ट्र बनेको छ । 

    images
    images
    images

    नेपालको यस उपलब्धिलाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गोब्रेयेसस र विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यकारी प्रमुख डा. क्याथरिना बोहेमले श्रीलङ्कामा जारी विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको ७८ औं बैठकको अवसरमा रूबेला निवारणको अवार्ड प्रदान गरेका छन् ।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयले यस उपलब्धि प्राप्तिमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, स्वास्थ्य सेवा विभाग, गाभी, डब्लुएचओ, युनिसेफ लगायत सम्पूर्ण सहयोगी निकायहरू, राष्ट्रिय खोप सल्लाहकार समिति एवं सम्बन्धित समितिहरू, विज्ञहरू र सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ । 

    images
    images
    images

    साथै मन्त्रालयले यसले बालस्वास्थ्यको क्षेत्रमा थप उत्साहित र जिम्मेवार भई कार्य गर्ने हौसला मिलेको बताउदै आगामी दिनहरूमा जनस्वास्थ्यको क्षेत्रमा थप उपलव्धीमूलक कार्यहरू गर्न प्रतिवध्दता व्यक्त गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रूबेला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।