Logo

२०८३, आश्विन १२गते


images
images

क्रिकेट

जापानमाथि नेपालको ५ विकेटको जित : २ अंकसहित सुपर सिक्स खेल्ने

जापानमाथि नेपालको ५ विकेटको जित : २ अंकसहित सुपर सिक्स खेल्ने

images
  • जापानमाथि नेपालको ५ विकेटको जित : २ अंकसहित सुपर सिक्स खेल्ने
    images
    images

    काठमाडौँ । नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ । आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत जापानले दिएको १३२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

    images
    images
    images

    नेपालका लागि आसिफ सेखले सर्बाधिक ३८ रन बनाए भने गुलशन झाले अविजित २८ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २१ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १४ रन बनाएका थिए । त्यसैगरी कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए । त्यस्तै जापानका बलर शोमा स्लाटरले २ विकेट लिएका थिए ।    

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी-फ्लेमिङले सर्बाधिक ६० रन बनाएका थिए । त्यस्तै एसाम रहमानले ३१ रन बनाए भने बेन्जामिन इटो डेभिसले १७ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर सन्दीप लामिछाने र गुलशन झाले २-२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    यो जितपछि नेपालले समुह बी मा दुवै खेल जितेर समुह विजेता हुदै २ अंक लिएर सुपर सिक्समा पुगेको छ । त्यस्तै हारपछि पनि समुह बी बाट उपविजेता हुदै जापान सुपर सिक्समा पुगेको छ । यद्यपी जापान अंक विहिन हुदै सुपर सिक्स खेल्ने छ ।

    योसंगै नेपाल र जापानसंगै युएई र कतार सुपर सिक्समा पुगेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जापान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।