Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रपति पौडेलले बोलाएको बैठक शुरु

राष्ट्रपति पौडेलले बोलाएको बैठक शुरु

images
  • राष्ट्रपति पौडेलले बोलाएको बैठक शुरु
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । शीतलनिवासमा केहि बेरअघि बैठक सुरु भएको हो ।

    images
    images
    images

    राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको विषयमा छलफल अग्रण सरकार र राजनीतिक दलहरूसँग सामूहिक छलफल गर्न बैठक बोलाएको बताइएको छ ।

    images
    images
    images

    बैठकमा प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग नेताहरू सहभागी छन् ।

    images
    images
    images

    सर्बदलीय बैठकमा राजनीतिक दलका शिर्ष नेताको भने उपस्थिति रहेको छैन । 

    बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन आचार्य, राप्रपाबाट ज्ञानेन्द्र शाही र मिना लामा, एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी रहेका छन् ।

    त्यस्तै जसपाबाट रेणु यादव, जनमत पार्टीबाट सिके राउत र जयकुमार राउत, लोसपाबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, जसपा नेपालबाट विद्युत बज्राचार्य  र प्रकाश अधिकारी, नाउपाबाट रेशम चौधरी र नेमकिपाबाट सुनिल प्रजापती सहभागी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।