नामस् ङिमु शेर्पा, काठमाडौँ । २०७० सालमा सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्याका विषयमा ऐतिहासिक फैसला गरेसंगै उनीहरुले समान हक अधिकार पाउने सुनिश्चितता भयो । तर नेपालमा अझै पनि सहज ढंगले स्वीकार्न नसकिएको तेस्रो लिङ्गीहरुले भने समाजमा समान रोजगार, अधिकार, शिक्षा, स्वस्थ्य तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गरिनु पर्ने मागहरु पूरा हुन सकिरहेको छैन । समाजमा हामी पनि छौँ भन्दै आफूहरुले विभिन्न अभियान चलाउँदै आए पनि तेश्रो लिङ्गी भएकै कारण अपमानित हुनु परिरहेको एल जी बिटी समुहका अभियानकर्ता सिमरन शेरचनको गुनासो गर्छन् ।
पहिलो त घरपरिवारले सहजै स्वीकार नगरिदिदाको पिडा एकतर्फ हुन्छ । कतिपयले हिम्मत गरी आफ्नो वास्तविकता बाहिरा खुलाउछन तर त्यसपश्चात समाजमा हरेक क्षण तिरस्कृत हुनु पर्दाको पिडाले सहन अत्यन्तै शाहस चाहिने उहाँको भनाई छ ।
अझै पनि नेपालमा समाजले सहज ढंगले स्वीकार्न नसेको तेस्रो लिङ्गीहरुले कानुनी रुपमा भने अधिकार पाएका छन् । तर, कानुनले प्रत्यायोजन गरेको अधिकार कार्यान्वयन प्रभावकारी नहुँदा तथा समाजले तेस्रो लिङ्गीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्दा अझै पनि उनीहरु लुकेर बस्न बाध्य छन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुप्रति समाजमा अझै लाञ्छना र विभेद कायमै छ ।
नेपालमा हाल तेस्रो लिङ्गी तथा समलिङ्गीहरूको सङ्ख्या ९ लाखको हराहारीमा छ । उनीहरु घर परिवारबाट बहिस्कृत हुनु परिरहेको छ भने समाजमा तिरस्कृत व्यवहार सहेर बस्न बाध्य छन् । यस्तो अवस्थामा उनीहरुले ज्ञान र सीप हुँदाहँुदै पनि चुनौति पूर्ण काममा लाग्नु परेको छ ।
पछिल्लो समय संविधानमा हक अधिकारको व्यवस्था भएपनि यसको कार्यन्वयन तथा समाजले हेर्ने दृष्टिकोणमा भने कुनै परिवर्तन आएको छैन् । जसअनुरुप आफनो हक अधिकारको अनुभुती गर्ने नपाएको उनिहरुको गुनासो छ ।
तर, सरकारी निकायले भने तेस्रो लिङ्गीहरु आफ्नो हक अधिकारबाट बञ्चित हुनु नपरेको जिकिर गर्छ, कानुन न्याय तथा संसदीय ममिला मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालका अनुसार आफुहरु कानुन र्कायन्वयन गर्न तर्फ नचुकेको दावि गर्छन् ।
तेस्रो लिङ्गीहरुलाई आफ्नो पहिचान खुल्न गरी नागरिकता लिन पाउनेदेखि आमसर्वसाधारणले प्राप्त गरेका सबै किसिमका मौलिक हक अधिकारको सुविधा कानुनले प्रदान गरेको छ । यद्यपि, सामाजिक सोच र दृष्टिकोणमा सहजै परिवर्तन आउन नसक्दा उनीहरुले सहज ढंगले आफ्नो जीवनशैली जिउन सकिरहेका छैनन् । तर पछिल्लो समय तेस्रो लिंगीहरुको हक अधिकारलाई सरकारले संविधानमा संसोधन गरे संगै उनिहरु आफनो वास्तविकता खुलाउदै समाजमा आइरहेका छन् । यसले के पनि बुझ्न सकिन्छ भने समाजमा उनीहरु प्रतिको दृष्टिकोण केही रुपमा भएपनि परिवर्तन हुँदै आएको छ । समाजमा विभिन्न प्रकारको मानिसहरु बसोबास गर्दछन् । जहाँ अझैपनि तेस्रो लिङगी भन्दा नबुझ्ने मानिसहरु पनि छन् । काठमाडौँ, आरुबारीकी विमला न्यौपाने खत्रीलाई तेस्रो लिंगी भनेको के हो भन्ने कुरा नै थाहा नभएको बताउँछिन । त्यसैकारण यस अभियानमा संलग्न अभियानकर्ताहरुले समाजलाई आफूहरुको पहिचानबारे खुलेर बताउनु पर्ने उनको धारण छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology