Logo

२०८३, आश्विन ९गते


images
images

बौद्ध विश्वविद्यालयले देवदहमा स्नातकोत्तरमा तीन विषय पढाउने, फेब्रुअरीबाट कक्षा सुरु हुने

बौद्ध विश्वविद्यालयले देवदहमा स्नातकोत्तरमा तीन विषय पढाउने, फेब्रुअरीबाट कक्षा सुरु हुने

images
  • बौद्ध विश्वविद्यालयले देवदहमा स्नातकोत्तरमा तीन विषय पढाउने, फेब्रुअरीबाट कक्षा सुरु हुने
    images
    images

    देवदह  । लुम्बिनी बौद्ध विश्वविद्यालयले स्कुल अफ डेभलपमेन्ट स्टडिज एन्ड एप्लाईड साइन्स तर्फ स्नातकोत्तर तहमा तीन विषयमा नयाँ भर्ना खोलेको छ । शुक्रबार देवदहस्थित विश्वविद्यालयको डिन कार्यालयमा आयोजित कार्यक्रममा विश्वबिद्यालयका डिन उकेशराज भोजुले आउने फेब्रुअरीबाट स्नातकोत्तर तहमा नयाँ शत्र सुरु हुने बताए ।

    images
    images
    images

    20211231_154532-min.jpg
    सन्  २०१९ बाट बौद्ध दर्शनबाहेकका विषयमा समेत अध्यापन सुरु गरेको विश्वविद्यालयले हाल स्नातकोत्तर तहमा एग्रो फरेस्टी, डेभलपमेन्ट स्टडिज र इन्भाईरोमेन्टल स्टडिज गरि तीन विषयमा अध्यापन गराउने भएको हो ।

    images
    images
    images

    20211231_154610-min.jpg
    कार्यक्रममा बोल्दै डिन भोजुले प्रत्येक विषयमा २०-२० जना विद्यार्थी भर्ना लिईने बताए । विश्वविद्यालयको कार्यालयबाट भर्नाको लागि हाल भर्ना फारम वितरण भैरहेको छ । 

    images
    images
    images


    लुम्बिनीमा केन्द्रिय कार्यालय रहेको विश्वविद्यालयले देशका विभिन्न स्थानमा प्रदेश सरकार र स्थानीय तहसंग समन्वय गरि क्याम्पस संचालन गराईरहेको छ । हाल देशैभरी विभिन्न तहमा १ हजार एक सय बढी विद्यार्थीहरूले लुम्बिनी विश्वविद्यालयमा अध्यययन गरिरहेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।