Logo

२०८३, आश्विन १०गते


images
images

विपद्

दुई दिनमा रौतहटमा सबैभन्दा बढी बर्षा : मौसम विज्ञान विभागले के भन्यो ?

दुई दिनमा रौतहटमा सबैभन्दा बढी बर्षा : मौसम विज्ञान विभागले के भन्यो ?

images
  • दुई दिनमा रौतहटमा सबैभन्दा बढी बर्षा : मौसम विज्ञान विभागले के भन्यो ?
    images
    images

    काठमाडौं । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  विभागले आइतवार सूचना जारी गरेर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको जनाएको हो । तर मनसुन नेपालबाट बाहिरिनसकेकाले अझै पनि वर्षा हुने सम्भावना रहन्छ । 

    images
    images
    images

    बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले २०८२ असोज १७ गते साँझबाट १९ गते बिहानसम्म मनसुन सक्रिय भई मधेस र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा भारीदेखि अति भारी वर्षा तथा कोसी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा मध्यमदेखि अति भारी वर्षा मापन भएको छ । जसमा रौतहटमा सबैभन्दा बढी ३५८ मिमी बर्षा भएको छ ।

    images
    images
    images

    अविरल वर्षाका कारण बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको अवस्था रहेको विभागले जनाएको छ । 

    images
    images
    images

    मौसम विभागले भन्यो :

    बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले असोज १७ गते साँझबाट १९ गते बिहानसम्म मनसुन सक्रिय भई मधेश र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा भारी देखि अति भारी वर्षा तथा कोशी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा मध्यमदेखि अति भारी वर्षा मापन भएको छ । उल्लेखित अवधिभरको २४ घण्टे (२०८२/०६/१८ गते बिहान ०४:३० बजे देखि २०८२/०६/१९ गते बिहान ०४:३० बजे) अधिकतम वर्षा महेशपुर, रौतहटमा ३५८ मी.मी. मापन भएको छ ।

    असोज १९ गते बिहान ०८:४५ बजे २९५ वटा वर्षा मापन केन्द्रहरू (मानव सञ्चालितः ७९ र स्वचालितः २१६) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरण अनुसार १८६ वटा केन्द्रहरुमा वर्षा भएको छ । जसमध्ये १०५ वटा केन्द्रहरुमा ५० मी.मी. भन्दा बढी, ६८ वटा केन्द्रहरुमा १०० मी.मी. भन्दा बढी, २१ वटा केन्द्रहरुमा २०० मी.मी. भन्दा बढी र ५ वटा केन्द्रहरुमा ३०० मी.मी. भन्दा बढी वर्षा मापन भएको छ। ३०० मी.मी. भन्दा बढी वर्षा मापन भएका केन्द्रहरुमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२.६ मी.मी.) र कन्याम टि स्टेट केन्द्र ( ३१४.२ मी.मी.), पर्सा जिल्लाको मुडली केन्द्र (३२८.६ मी.मी.), रौतहट जिल्लाको महेशपुर केन्द्र (३२८.० मी.मी.) र गौर केन्द्र ( ३१५.० मी.मी.) रहेका छन् ।

    अविरल वर्षाका कारण मिति २०८२ असोज १८ अपरान्हबाट उल्लेखित प्रदेश अन्तर्गतका बागमती, त्रिशुली, पूर्वी राप्ती, लालवकैया, कमला लगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको अवस्था छ। आज मिति २०८२ असोज १९ गते, सप्तकोशी नदीले खतरा तह पार गरेको छ र यसका सहायक नदिहरू मुख्यतया तमोर, सुनकोशी र अरुण नदीहरूमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा रहेको छ। त्यसैगरि कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया, विरिङ लगायतका चुरे महाभारत उद्गम भई बहने नदीहरूमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा रहेको छ । कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रही हाल स्थिर अवस्थामा रहेको हुँदा उल्लेखित नदी तटियक्षेत्र तथा डुवान भइरहने क्षेत्रमा असोज २० गते मध्यान्हसम्म सतर्कता अपनाइराख्न सरोकारवाला सम्पूर्णमा अनुरोध छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बर्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।