Logo

२०८३, आश्विन १०गते


images
images

क्रिकेट

एकदिवसीय कप्तानबाट पनि हटे रोहित शर्मा : शुभमनलाई जिम्मेवारी

एकदिवसीय कप्तानबाट पनि हटे रोहित शर्मा : शुभमनलाई जिम्मेवारी

images
  • एकदिवसीय कप्तानबाट पनि हटे रोहित शर्मा : शुभमनलाई जिम्मेवारी
    images
    images

    काठमाडौँ । रोहित शर्मालाई भारतको एकदिवसीय टोलीको कप्तानबाट हटाइएको छ ।

    images
    images
    images

    अष्ट्रेलिया विरुद्ध तीन खेलको एकदिवसीय सिरिजको लागि घोषणा गरिएको भारतीय टोलीमा रोहित शर्मा र विराट कोहली समावेश छन्, तर शुभमन गिललाई कप्तान नियुक्त गरिएको छ । गिल यसअघि नै टेस्ट कप्तान बनिसकेका छन् । रोहित र विराटले अन्तिम पटक यस वर्ष मार्च ९ मा च्याम्पियन्स ट्रफीको फाइनलमा न्यूजील्याण्डविरुद्ध एकदिवसीय खेलेका थिए ।

    images
    images
    images

    टोली भारतले अष्ट्रेलिया भ्रमणमा तीन एकदिवसीय र पाँच टी-२० खेल खेल्नेछ । पहिलो एकदिवसीय अक्टोबर १९ मा पर्थमा खेलिनेछ । दोस्रो खेल अक्टोबर २३ मा एडिलेडमा र तेस्रो अक्टोबर २५ मा सिड्नीमा खेलिनेछ । यसपछि पाँच खेलको टी-२० सिरिज हुनेछ । सूर्यकुमार यादवले टी-२० टोलीको कप्तानी गर्नेछन् ।

    images
    images
    images

    भारतको एकदिवसीय टिम: शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर (उपकप्तान), अक्षर पटेल, केएल राहुल (विकेटकीपर), नितिश कुमार रेड्डी, वाशिंगटन सुन्दर, कुलदीप यादव, हर्षित राना, मोहम्मद सिराज, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, ध्रुब जुरेल (विकेट किपर) र यशस्वी जैसवाल ।

    टी-२० टिम: सूर्यकुमार (कप्तान), अभिषेक शर्मा, शुभमन गिल (उपकप्तान), तिलक वर्मा, नितिश कुमार रेड्डी, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा (विकेटकिपर), वरुण चक्रवर्ती, जसप्रित बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, हर्षित राना, सन्जु सामसन,रिंकु सिंह, र वाशिंटन सुन्दर ।

    प्रमुख छनोटकर्ता अजित आगरकरले २०२७ को एकदिवसीय विश्वकपमा रोहित शर्मा र विराट कोहलीको सहभागिता अझै पुष्टि नभएको बताएका छन् । त्यसैले रोहितलाई कप्तान नबनाइएको उनले बताएका छन् । यस विषयमा उनीसँग परामर्श गरिएको उनले बताए । शुभमन गिललाई टेस्ट र एकदिवसीय दुवैमा कप्तान तोक्ने सम्बन्धमा उनले तीन ढाँचाका लागि तीन कप्तान राख्न सम्भव नभएको बताउदै गिललाई दुई ढाँचामा कप्तान तोकिएको स्पष्ट गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोहित शर्मा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।