देवदह । केरवानी खानेपानी तथा सरसफाई संस्थाले नेपालीहरुको महान पर्व विजयदशीको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बुधबार संस्थाको कार्यालयमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालीहरुको प्रमुख चार्डलाई संस्कृति संरक्षणको रुपमा मनाउनु पर्नेमा जोड दिए । उनीहरुले पछिल्लो समय चाडपर्वलाई भड्किलो बनाउने गरेको बताउदै सरल र सभ्य तरिकाले चाडपर्व मनाउन आग्रह गरे । अरुको देखासिकीमा भन्दा पनि आफनौ हैसियत अनुसार चाडपर्व मनाउन सकेमा सभ्य समाज निर्माण गर्न सकिनेमा जोड दिएका थिए । उनीहरुले चाडपर्वको बेलामा चोरी, डकैती बढ्न सक्ने तर्फ सचेत रहनु पर्ने बताए । उनीहरुले आमउपभोक्ताहरुलाई सजह रुपमा खानेपानी पुर्याउनको लागि लाग्नु पर्ने बताउदै संस्थालाई पारदर्शी बनाउनु पर्नेमा जोड दिए ।
सोही अवसरमा बोल्दै वडा सदस्य णप्रसाद न्यौपानेले विभिन्न बर्गलाई निशुल्क खानेपानीको धारा जडान गर्ने गरी वडा कार्यालय अगाडि बढेको जानकारी दिए । उनले वडा कार्यालयको सिफारिसको आधारमा विपन्न बर्गहरुलाई निशुल्क धारा जडान गर्ने गरी बजेट विनियोजन गरेको बताए । उनले आत्मियता, सद्भाव र एक आपसमा भाईचारा कायम गर्ने गरी चाडपर्व मनाउनु पर्नेमा जोड दिए । केरवानी खानेपानी तथा सरसफाई संस्थाका कोषाध्यक्ष धनश्याम डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–२, का वडासदस्य प्रसाद गुरुङ्ग, जागेश्वर पंगेनी, नारायणसिं ठकुरी, निरबहादुर गुरुङ्ग, केदार काफ्ले, किशोर काफ्ले, हेमलाल पाण्डे, रामबहादुर शाही, बुद्धिमाया ठकुरी, विद्या सापकोटा, विक्रम पौडेल, प्रेमनारायण केवट, कुन्ती खरेल, नमकान्त पाण्डे लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology