रेशम अधिकारी,काठमाडौं। जीवन एक यात्रा हो । यहाँ हजारौं सपनाको जन्म हुन्छ । कुनै सपना उनिन्छन, बुनिन्छन त कुनै ताेडिन्छन । सपना तोडिन्छन भन्दैमा नदेख्न पनि त भएन । भुईभरी रङ्गीबिरङ्गी धागोका गोलीहरु लडिरहेका छन् । कोही तान लगाउँदै छन्, कोही बुन्दै छन् । भोजपुरकि अंकिता राईले भने गलैचा बुन्दैछिन् ।
भोजपुर घर भै हाल काठमाडौं अपाङ्ग संघमा 'बिआईए फाउन्डेसन' जोरपाटीमा एक छोरा र श्रीमान सहित आफ्नो जीवन बिताउदै गरिकी अंकिता राई यति बेला आफ्नो सपनाको घरमा पर्खाल लगाउदै छिन् ।
बाला उमेरमै पोलियो रोगको शिकार भएकी अंकिता राईको कम्मर तलको अंग चल्दैन । राईको दिनचर्या यसै गलैचा बनाउदै बित्छ । उनका अनुसार एउटा गलैचा बुन्न एक मानिस लाई लगभग २५ दिन लाग्छ । अंकिता भन्छिन्, ‘गाडी दुर्घटनामा परेर श्रीमान पनि अपाङ्ग हुनुहुन्छ । अहिले यहाँ सिप सिकी भविस्यमा आफ्नै गलैचा उद्योग खोल्ने सपना छ ।'
उनी भोजपुरबाट काठमाडौँ आउदा गलैंचाको नामै सुनेका थिईनन । सिक्न पनि अति गाह्रो कुरा थियो । तर पनि सकिन्छ भन्ने विश्वासले सहज रुपमा सिक्दै छु । उनीहरुको रोजगारी चलेको छ र 'बिआईए' ले पनि गलैंचा उत्पादन गरेको छ,” तामाङले भने ।
अपाङ्ग रहेका खगेन्द्र बहादुर बस्नेतको परिकल्पना अनुसार २०२६ सालमा स्थापना भएको ‘नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र’ बेसहारा अपाङ्गता भएका व्यक्तिको सहाराको थलो रहेको छ ।
राजधानीको जोरपाटी हुँदै साँखु जाने बाटोमा नारायणटार चोक र बागमती पुलको बिचमा अबस्थित खगेन्द्र नवजीवन केन्द्रमा आफ्नो नियमित व्यक्तिगत काम गर्न नसक्ने ‘क’ वर्गका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गर्दै आएको छ । यहाँ अबस्थित १८ जना अपांगहरुको खर्च नेपाल सरकारले गर्छ भने बाँकी केन्द्रले कार्यालय परिसर अगाडिका सटर भाडाबाट हुने आम्दानी तथा विभिन्न दाताको सहयोगमा व्यवस्थापन गर्दै आएको छ ।
शारीरिक असक्षमता कसैको रहर हुदैन । यो त कुनै पनि मानिसहरुलाइ मात्र हुन सक्ने प्राकृतिक कुरा हो ।जसलाई जसरी पनि र जहिले सुकै हुन सक्दछ। शारीरिक रूपमा असक्षम भएको मानिसहरुलाइ कठैबरा छि:छि र दुरदुर हैन सहानुभूति माया र अबसरको अनुभूति दिन आबश्यक हुन्छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology